तीन दिनसम्म झरी लाग्ने

एजेन्सी
पौष १८, २०७६
Rain

काठमाण्डौ, १८ पुस । मौसमविदका अनुसार शुक्रवार देशभर मौसम बदली भइ केही स्थानमा वर्षा र हिमपात हुने बताएका छन् । शुक्रवार विहान काठमाण्डौ, पोखरा लगायतका स्थानमा सिमसिम पानी परेको छ । शुक्रवार घाम लाग्ने सम्भावना न्यून छ ।

मौसमविद प्रतिभा मानन्धरले भनिन् ‘काठमाडौं उपत्यकासहित देशभर नै अहिले बदलीको अवस्था छ । शुक्रबार रातिसम्मै उच्च पहाडी तथा हिमाली भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तो अवस्था शनिबार र आइतबार पनि जारी रहने छ । यद्यपि शनिबारबाट भने मौसममा क्रमिक सुधार हुने मौसमविद मानन्धरले बताइन् । बिहीबार दिउँसो काठमाडौं उपत्यकामा सामान्य वर्षासमेत भएको थियो । वर्षासँगै चिसो बढेको महसुस भएको छ । चिसो अझै बढ्ने भएकाले सतकर्तता अपनाउन मौसमविदले सुझाव दिएका छन् । १२ पुसमा काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ०.६ डिग्री सेल्सियस मापन गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width