सभामुख चयनबारे सचिवालय बैठक

एजेन्सी
पौष १७, २०७६
kp-oli-prachand.2e16d0ba.fill-650×500

काठमाडौं, १७ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिहीवार बालुवाटारमा वसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सभामुख चयनबारे छलफल भइरहेको बताइएको छ ।

तीन महिनादेखि रिक्त रहेको सभामुख पदमा सुवास नेम्वाङ र अग्नी सापकोटामध्ये कसलाई पठाउने भन्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच सहमति जुट्न सकेको छैन। बिहीवारको सचिवालय बैठकले त्यसबारेमा निर्णय गर्ने नेकपाएका एक नेताले बताए ।

आज बिहान चितवनको रत्ननगरमा कृषि तालिम तथा अनुसन्धान केन्द्रको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सचिवालय बैठकबाट सभामुखबारे निर्णय गर्ने बताएका थिए। उनी चितवनको कार्यक्रम सकाएर आएपछि सचिवालय बैठक सुरु भएको हो।वरिष्ठ नेता झलनाथ खनालले बिहीवारको सचिवालय बैठकले सभामुखको टुंगो लगाउने बताएका थिए। उनले सभामुखको टुंगो नलगाउँदा संसद बैठक सूचना टाँसेर स्थगित गर्नुपरेको र त्यसले राम्रो सन्देश नजाने उनको भनाइ थियो।

Related News

सम्बन्धित समाचार

hero news full width