गण्डकी ट्रकको वार्षिकोत्सव आश्रममा

आदर्श समाज सम्वाददाता
पौष १७, २०७६
gandaki truuck (1)_Fotor

गण्डकी ट्रक यातायात व्यावसायिक संघले आश्रमलाई सहयोग गरी ३९ औं वार्षिकोत्सव मनाएको छ।

संघले वार्षिकोत्सव अवसरमा पोखरा १७ स्थित मानव सेवा आश्रमलाई आवश्यक किचन सामग्री तथा एक छाकको लागि खाना खर्च सहयोग गरेको हो।

संघका कार्यबाहक अध्यक्ष भानुभक्त अधिकारीले सडकमा बेवारिसे अवस्थामा रहेकालाई ल्याएर पालनपोषण, औषधि उपचार र पुनस्र्थापना जस्तो कार्य गरेकोमा आश्रमको प्रशंसा गरे।

मानव सेवा आश्रमका संयोजक राजन सापकोटाले संघले व्यवसायीको हकहितसँगै मानवीय कार्य गरेकोमा आभार प्रकट गरे।

संघका कार्यबाहक अध्यक्ष भानुभक्त अधिकारी, निवर्तमान अध्यक्ष रवीन्द्र गिरी सहित कार्यसमिति सदस्यले संयुक्त रुपमा ३५ हजार बराबरको किचन सामग्री र खाना खर्च आश्रमका संयोजक सापकोटालाई हस्तान्तरण गरेका थिए।

संघका कार्यबाहक अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम संघका महासचिव विष्णुमणि बरालले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width