संस्कृत युवा मञ्चमा पौडेल

आदर्श समाज सम्वाददाता
पौष १७, २०७६
sanskrit yaba munch progrem photo_Fotor

शपथ ग्रहण गर्दै मञ्चका पदाधिकारी

संस्कृत युवा मञ्च नेपालको बुधवार सम्पन्न प्रथम अधिवेशनले युवा पं.हरिशरण पौडेलको अध्यक्षतामा दुईवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ।

अधिवेशनले समितिको उपाध्यक्षमा रामकृष्ण अर्याल, सचिवमा विश्वराज सापकोटा, सहसचिवमा गिरीराज पौडेल, कोषाध्यक्षमा डिल्लीराम पोख्रेल तथा सहकोषाध्यक्षमा प्रशम अर्याल छनोट गरेको छ। त्यस्तै गणेश रेग्मी, महेन्द्र ढकाल, मदनराज न्यौपाने, प्रविनचन्द्र वराल र निगम उपाध्यायलाई सदस्य जिम्मेवारी दिएको छ।

उक्त अधिवेशनले पं. दीपक सापकोटा, गोविन्द भट्टराई, गिरीधर आचार्य र मिलन सुवेदीलाई सल्लाहकार चयन गरेको छ।

कार्यक्रमबीच सचिव रामकृष्ण अर्यालद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष विश्वराज सापकोटाद्वारा प्रस्तुत वार्षिक आर्थिक प्रतिवेदन छलफल सहित अनुमोदन गरिएको थियो।

सल्लाहकार पं. दीपक सापकोटा, गोविन्द भट्टराई, गिरीधर आचार्य र मिलन सुवेदीले मञ्चले संस्कृत भाषा, कला तथा संस्कृति बचाउन भूमिका खेल्दै आएको औँल्याए।

मञ्चका तदर्थ समिति अध्यक्ष रामप्रसाद सिग्देलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष हरिशरण पौडेलले स्वागत र सचिव रामकृष्ण अर्यालले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width