दुर्गम गाउँको विद्यालयलाई ल्यापटप र प्राेजेक्टर सहयोग

आदर्श समाज सम्वाददाता
पौष १५, २०७६
laptop photo

म्याग्दी,१४ पौष । म्याग्दीको दुर्गम मालिका गाउँपालिका –४ च्युरिबोट स्थित सिद्धार्थ माविलाई ल्यापटप ,प्रोजेक्टर र पुस्तक सहयोग प्राप्त भएको छ । सोही च्युरिबोट घर भइ हाल युके ,जापान र अमेरिकामा बस्दै आएका समाजसेवी क्याप्टेन लक्ष्मण पुन मगरका तीन दाजुभाई ,धिरज र बिजयको संयुक्त परिवारले सो सहयोग गरेका हुन् ।

आयोजनामा सम्पन्न स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रममा परिवारका तर्फबाट समाजसेवी क्याप्टेन लक्ष्मण,धिरज र विजय पुन मगरले विद्यालयका प्रअ ललितबहादुर घर्ति मगर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर घर्ति मगरलाई एक थान कम्प्युटर,एक थान प्रोजेक्टर र पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरेका हुन् ।

विद्यालयमा शिक्षण सिकाइलाई प्रविधिसंग जोड्न मदत पुगोस भनेर सहयोग गरिएको समाजसेवी क्याप्टेन पुन मगरले बताए । पठनपाठनलाई प्रविधिमैत्रि बनाउन सहज हुने विश्वास लिए । दुर्गम गाउँका विद्यालयमा शिक्षण सिकाईलाई प्रविधिसंग जोड्न सकिएमा मात्र गुणस्तरिय शिक्षा हासिल गर्न सकिने उनको भनाई छ । ‘दुर्गम गाउँको विद्यालयमा शिक्षण सिकाइलाई प्रविधिसंग जोड्न सहज होस भनेर ल्यापटप र प्रोजेक्टर सहयोग गरिएको हो,’ समाजसेवी क्याप्टेन पुन मगरले भने ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घर्ति मगरले सहयोगी परिवारलाइ धन्यवाद व्यक्त गरे । उनले ल्यापटप र प्रोजेक्टर सहयोगले विद्यालयमा शिक्षण सिकाइमा सहयोग पुग्ने बताए । विद्यालयका प्रअ घर्ती मगरले सहयोगले विद्यालयलाई ठुलो राहत पुग्ने बताए । उनले आर्थिक अभावका कारण विद्यालयमा शिक्षण सिकाइलाई प्रविधि जोड्न समस्या भएको बताए । न्युन दरबन्दि र आर्थिक अभावका कारण विद्यालय संचालनमा स्थानीयलाई ठुलो आर्थिक समस्या हुने गरेको बताए । आधुनिक शिक्षण सिकाइ प्रणालीलाई प्रविधिमैत्रि बनाउन सबैलाई सहयोगको अपिल गरे ।

यसैगरी सोही कार्यक्रममा डाक्टर ममता पुन मगरले विद्यार्थीहरुलाई स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिनुभएको थियो भने करिब १५ हजार रुपैयाँ बराबरको दन्त मन्जन र ब्रस वितरण गरिन् । अमेरिकामा पार्कर खेलका प्रशिक्षक स्पर्ष पुन मगरले विद्यार्थीहरुलाई सो खेलको परिचय महत्व र फाइदाको बारेमा प्रशिक्षण गराएका थिए ।

यसअघि समाजसेवी क्याप्टेन पुन मगरको पहलमा विदेशी संस्थाको आर्थिक सहयोगमा छ कोठे पक्की भवन निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष तमबहादुर पुन मगरले जानकारी दिए । आर्थिक अभाव झेल्दै आएको विद्यालयमा कयाप्टेन पुन परिवारको पहलमा फ्रान्सको नमस्ते ईन्फान्ट डी हिमालयकोे सहयोगमा विद्यालयमा अध्यापनरत दुई जना निजि स्रोतका शिक्षकहरुलाई तलबको व्यवस्थापन भएपछि सहज भएको विद्यालयका प्रअ घर्ती मगरले जानकारी दिए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घर्ति मगरको अध्यक्षता ,शिक्षक छबि घर्ति मगरको संचालन र शिक्षक प्रदिप पौडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width