ल्होछारमा रक्तदान र सरसफाइ

आदर्श समाज सम्वाददाता
पौष १५, २०७६
lhochhar (3)

पोखरा, १५ पुस । च्यु ल्हो आगमनको अवसरमा तमु धिं नेपालले सोमवार रक्तदान, सरसफाइ, दीप प्रज्वलन र स्योकैं कार्यक्रम सम्पन्न गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व र मानवीय सेवाका लागि तमु धिंमा आयोजित रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरे । चारभञ्ज्याङ तमु समाजका विजय गुरुङले रक्तदान गरी कार्यक्रम शुभारम्भ भएको हो ।
रक्तदान कार्यक्रममा रक्त संचार सेवा केन्द्र पोखराको प्राविधिक सहयोग रहको थियो । त्यस्तै तमु सेवा समिति नयाँबजार, तमु सहयोग समिति पार्दी, कोल्माबहाकोट तमु समाज, बगर तमु समाज, सिमपानी तमु समाज, हिमाली गुरुङ परिवार, बाँझापाटन तमु समाजसहित क्षेत्रीय समाजहरुले टोल टोलमा सरसफाइ गरेका छन् ।

तमु ह्युला चोक विरौटामा बेलुका दीप प्रज्वलन गरिएको छ। तमु धिं नेपालका संरक्षक तथा तमु ह्युल चोकमा तमु तमुस्योको प्रतिमा स्थापनाका परिकल्पनाकार मेजर लक्ष्मीप्रसाद गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। ल्होछारको दिन पुस १५ गते समाज समाजमा, गुम्बा र क्होइवोमा ल्होछार भव्यताका साथ मनाउने भएको छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width