पाउँदुर शिवालयमा माघ १० देखि महायज्ञ

आदर्श समाज सम्वाददाता
पौष १५, २०७६
seebalaya mandir progrem photo_Fotor

अन्नपूर्ण–३, पाउँदुरको धारापानीस्थित शिवालय मन्दिरको सर्वाङ्गीण विकासको लागि माघ १० देखि १८ गतेसम्म शिवमहापुराण धनधाञ्याचल महायज्ञ हुने भएको छ।

सोमवार बसेको सरोकारवालाको बैठकले समय र मुख्यवाचकको टुङ्गो लगाएको हो। जसमा महायज्ञ प्रमुख वाचक भागवत्भाष्कर पं. कमलनयन गौतम छन्।

कार्यक्रममा पं. गौतमले पञ्चासेको मूल प्रवेशद्वारका रुपमा पाउँदुर शिवालयलाई चिनाउनुपनेर्मा जोड दिँदै पाउँदुरवासीले महान् संकल्प लिएको दाबी गरे। उनले यज्ञ स्वयम् भगवान्को स्वरुप भएकाले सफल हुने विश्वास लिए।

धारापानी शिवालयलाई प्राचीन शक्तिपिण्ठको संज्ञा पनि उनले दिए। यज्ञ मार्फत धार्मिक पर्यटनमा टेवा पुग्ने उनको भनाइ छ।

वडाध्यक्ष चन्द्रबहादुर गुरुङले यज्ञमा सबै वडावासी खुलेर लाग्नुपर्ने बताए। व्यक्तिगत स्वार्थका लागि यज्ञ गर्न नलागेको स्पष्ट पार्दै गुरुङले आजकल मान्छेले परिश्रम विना नै फल खोज्ने परिपाटी गलत भएको औँल्याए। महायज्ञ मूल आयोजक समिति संयोजक रामचन्द्र पौडेलले आफूहरु निमित्त मात्रै भएको भन्दै सबैको सहयोग र सद्भावबाट यज्ञ सम्पन्न हुने विश्वास लिए। यज्ञ मार्फत धार्मिक जागरण आउने उनले बताए।

संकलित रकमबाट मन्दिरको जीणोर्द्वार गर्ने, बहुउद्देश्यीय धर्मशाला, यज्ञशाला, यज्ञमण्डव, क्रियाकर्म स्थल, विभिन्न उद्यान निर्माण तथा माता अन्नपूर्ण स्थापना गर्ने मूल उद्देश्य राखिएको छ। जसलाई मन्दिरको सर्वाङ्गीण विकास भनिएको छ।

यज्ञको तयारीस्वरुप मंगलवार विभिन्न उपसमिति गठन गर्ने तयारी छ। त्यस्तै सोही बैठकले यज्ञका कार्यक्रम पनि तय गर्नेछ।

मूल समारोह समिति संयोजक पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव हरिप्रसाद शर्माले संचालन गरेका थिए। सो मन्दिरमा १ हजार ८ स्वामी स्वर्गद्वारी प्रभु महाराजले विसं. १९६५ सालमा स्वर्गद्वारीबाट प्रसादको रुपमा शिवलिङ ल्याई स्थापना गरेको बताइएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width