अपाङ्गता भएकालाई डिजिटल परिचयपत्र

आदर्श समाज सम्वाददाता
पौष १५, २०७६
machhapuchhare aapang progrem photo (1)_Fotor

माछापुच्छ्रे गाउँपालिका ४ का अपा·ता भएका व्यक्तिलाई डिजिटल परिचयपत्र वितरण गरिँदै। तस्वीर :श्रीभद्र पौडेल/आदर्श समाज।

माछापुच्छ्रे गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिलाई डिजिटल परिचयपत्र वितरण शुरु गरिएको छ।

अपाङ्गता समन्वय समितिको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशको साझेदारमा परिचयपत्र वितरण शुरु गरिएको हो।

सोमवार वडा ४, ५ र ३ का अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको छ भने अन्य वडामा वितरणका लागि सम्बन्धित वडाध्यक्षलाई जिम्मा दिइएको छ।

गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले पूर्ण शारीरिक अपाङता भएका लीलाधर अधिकारीलाई परिचयपत्र वितरण गरी कार्यक्रम शुभारम्भ गरे। उनले परिचयपत्र दुरुपयोग नगर्न आग्रह गर्दै वास्तविक अपाङ्गता भएका व्यक्तिले परिचयपत्र पाउनुपर्ने बताए। राज्यबाट धेरै रकम पाउने लोभमा रातो कार्डको पछि लागेर साङ्ग हुदाँहुँदै पनि पूर्ण अपाङ्ग हुँ भन्नु राज्यप्रतिकै ठगी भएको उनको धारणा थियो।

गाउँपालिका अध्यक्ष गुरुङले अपाङ्ग व्यक्ति नजन्मिउन् भनी गाउँपालिकाकाले गर्भवती पोषणा कार्यक्रम शुरु गरेको स्पष्ट पारे। सकेसम्म पूर्ण अपाङ्ग को संख्या घटाउने अभियानमा पालिका रहेको उनले बताए।

गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले जन्मजात अपा·को सवालमा गाउँपालिका चनाखो रहेको दाबी गरिन्। परिचयपत्र पसिना तथा पानीले झिज्ने जनगुनासो बढेपछि गाउँपालिकाले डिजिटल परिचयपत्रको अवधारणालाई अगाडि सारेको बताइन्।

कार्यक्रममा वडा ४ का अध्यक्ष पूर्णबहादुर शाही ढकुरी, राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेश अध्यक्ष खोमराज शर्मा, गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा ९ का वडाध्यक्ष दुर्गाबहादुर क्षत्री लगायतले धारणा राखेका थिए।

गाउँपालिकाले गत कात्ति १७ देखि २४ गतेसम्म वडास्तरमा अपाङ्ग परिचयपत्र शिविर संचालन गरेको थियो। जसअन्र्तगत पालिकाभर ४ सय ५६ अपाङ्गता भएका व्यक्ति रहेको तथ्यांक छ। जमध्ये १ सय ८ जना पूर्ण अपाङ्गता भएका व्यक्ति छन्।

गाउँपालिका उपाध्यक्ष दवाडीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा ९ का वडाध्यक्ष दुर्गाबहादुर क्षत्रीले स्वागत र सहायक महिला विकास निरीक्षक रीता थापाले संचालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width