गलकोट, १४ पुस । बागलुङ जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थलको रुपमा विकास भइरहेको पञ्चकोट घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ ।
निर्माणाधीन अवस्थामै रहेको पञ्चकोट पछिल्लो समय बागलुङको प्रमुख पर्यटकीय आर्कषणको रुपमा लिन थालिएको छ । पञ्चकोटको सुन्दर दृश्य र प्रचारप्रसारका कारण सबैको मानसपटलमा पञ्चकोट नै रहेको हुन्छ । पछिल्लो समय मुस्ताङ जाने पर्यटकको रोजाइमा पञ्चकोट पर्दे आएको छ ।
पञ्चकोटमा हरेक शनिबार एक हजाारदेखि दुई हजार आन्तरिक पर्यटक आउने गरेका छन् । अन्य दिन तीन सयदेखि ५०० सम्म पर्यटक आउन थालेको विश्व शान्ति सर्वद्धिधाम पञ्चकोटले जनाएको छ । मनै लोभ्याउने पञ्चकोटका धार्मिक कलाकृति संरचना हेर्न जिल्ला तथा जिल्लाबाहिरका पर्यटक पुग्न थालेका हुन् ।
बागलुङ नगरपालिका–६ स्थित पञ्चकोटमा घुम्न आएका म्याग्दी गौशाराका माया थापाले पञ्चकोट एक अलौकिक धार्मिकस्थलका रुपमा रहेको बताए । जिल्ला सदरमुकामबाट अत्यन्तै नजिक तथा पक्की सडकका कारण आन्तरिक पर्यटकको रोजाइ पञ्चकोट पर्दै गएको वडाध्यक्ष तथा पञ्चकोटका उपाध्यक्ष खिमराज सापकोटाले बताए । सापकोटाले भने “अबको केही वर्षमा पञ्चकोटमा थेगी नसक्नु पर्यटकहरु आउनेमा आशङ्का छैन ।”
जिल्ला सदरमुकामबाट ८ किलोमिटरमा रहेको यहाँ बागलुङ भित्रने अधिकांश पर्यटक जाने गरेको जिल्ला होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकरी दिए । वार्षिक पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ पञ्चकोटको पूर्वाधार निर्माण भइरहेको छ । पञ्चकोटमा हालसम्म करिब रु ३० करोड खर्च भइसकेको छ । रु ६० करोडको लागतमा पञ्चकोटमा निर्माण हुन थालेको १०८ फिट अग्लो कलशको विस्तृत अध्ययन प्रतिवेदन ९डीपीआर० तयार भइसकेको छ ।
विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटको निर्माण कार्य नसकिँदै पर्यटकको भीड लाग्न थालेको पञ्चकोटका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताए । उनले धर्मको संरक्षणसँगै प्रचारप्रसारका लागि पञ्चकोट र शालिग्राम शिलाले ठूलो योगदान पु¥याएको बताए । स्वामी कमलनयन आचार्य (मुक्तिनाथ बाबा) को पहलमा पञ्चकोटमा विभिन्न धार्मिक तथा पर्यटकीय संरचना निर्माणका लागि विसं २०७१ सालदेखि वर्षेनी महायज्ञ सञ्चालन गरी आर्थिक स्कलन गरिँदै आएको छ । अत्यन्तै आकर्षक शैलीमा निर्माण भएका मन्दिर र आवश्यक पूर्वाधार निर्माण भइरहेको अवस्थामा नै, पूजापाठ, अध्ययन तथा अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो ।
बागलुङ नगरपालिका भित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोट मिलाएर पञ्चकोटको नामकरण गरिएको यस क्षेत्रमा संसारकै अग्लो विश्व शान्ति कलश निर्माण गरिने लक्ष्य छ । समुन्द्री सतहदेखि एक हजार १०० मिटरको उचाइमा अवस्थित पञ्चकोटबाट अन्नपूर्ण, धौलागिरि, निलगिरिलगायतका दर्जनबढी हिमश्रृङ्खला देख्न सकिन्छ ।
Related News
सम्बन्धित समाचार
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
कामचलाउ सरकारको आयु लम्बियो
गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
hero news full width
मुख्य समाचार
कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
वैशाख १०, २०८१मुग्लिन–पोखरा सडक विस्तार : म्याद सकियो, काम अधुरै
वैशाख १०, २०८१कास्कीका सहकारी पीडित एउटै मोर्चामा : बन्यो संयुक्त संघर्ष समिति
वैशाख १०, २०८१अधिकारी सरकारको भविष्य के होला ? सर्वाेच्चमा सुनुवाइ आज
वैशाख १०, २०८१कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
वैशाख ९, २०८१