मुक्तिनाथ र टेस्ला डाएग्नोस्टिक क्लिनिकबीच सहकार्य

आदर्श समाज सम्वाददाता
पौष १४, २०७६
bank

पोखरा, १४ पुस । मुक्तिनाथ विकास बैंक र टेस्ला डाएग्नोस्टिक क्लिनिक, बालुवाटारबीच बैंकका ग्राहकहरुलाई क्लिनिकको तोकिएका शुल्कमा विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर गभएको छ ।

उक्त सम्झौता पत्रमा टेस्ला डाएग्नोस्टिक क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रिन्कु श्रेष्ठ तथा मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्गले हस्ताक्षर गरे ।

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भीसा डेबिट कार्डवाहक ग्राहकहरूले टेस्ला डाएग्नोस्टिक क्लिनिक, वालुवाटारमा उपचार गराउँदा तोकिएका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको वताइएको छ ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता अनुसारका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आएको जनाएको छ । साथै प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width