सुन लुटी बृद्धाको हत्या गरी भाग्ने श्रीपाली पक्राउ

आदर्श समाज सम्वाददाता
पौष १३, २०७६
shrepali

पोखरा, १३ पुस । कास्की माछापुच्छ«े गाउँपालिका– ५ रिभान निवासी ६७ वर्षीया बृद्धाको हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

माछापुच्छ्उँपालिका–५ रिभान निवासी ६७ वर्षीया चिजा विकको हत्या गरेको आरोपमा कास्की प्रहरीले म्याग्दी धौलागिरि गाउँपालिका–५ घरभई पोखरा–२५ हेम्जामा बस्दै आएका ३९ वर्षीय खिम बहादुर श्रीपालीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

प्रहरीले तनहुँ व्यास नगरपालिका– २ उत्तरशीला फिल्म हल नजिकबाट शनिबार श्रीपालीलाई पक्राउ गरेको कास्की प्रहरीले आइतवार सार्वजनिक कार्यक्रममा बताएको हो । कास्कीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले पुस ८ गते राति वृद्धा महिलाको गरगहना लुटेर उनको हत्या गरी फरार भएका श्रीपालीलाई गोप्य सूचनाका आधारमा तनहुँबाट शनिवार प्रहरीले पक्राउ गर्न सफल भएको जानकारी दिए ।
तनहुँ र लेखनाथको सुन पसलमा सुन बिक्री गरेको आधारमा समेत उसको खोजी कार्य भइरहेको थियो । पक्राउ श्रीपालीलाई कर्तव्य ज्यान र डाँका चोरीमा मुद्दा चलाइएको एसपी कार्कीले जानकारी दिए । यही पुक्ष्स ८ गते बेलुका ९ः४५ बजे मादक पदार्थ सेवन गरी चिजाको घरमा पुगेका श्रीपाली बास बस्ने उद्धेश्यले त्यहाँ पुगेको श्रीपालीको बयानबाट खुल्न आएको छ ।

श्रीपालीले चिजाको हत्या पश्चात शवलाई शिरकले छोपेर बाहिरबाट ढोकामा साँचो लगाएर फरार भएको प्रहरीले जनाएको छ । चिजाको हत्या भएको स्थलमा करिब २ केजी तौल बराबरको ढुंगो समेत फेला परेको कास्की प्रहरीले जानकारी दिएको छ । ढुंगाले चिजालाई टाउकोमा प्रहार गर्दा उनको हेड इन्जुरी भएर मृत्यु भएको थियो ।

श्रीपालीको साथबाट प्रहरीले डेढ तोला सुन बरामत गरिएको प्रहरीले जनाएको छ । श्रीपालीले बिक्रि गरेको सुन पसलका संचालकलाई अपराधिक गतिविधिमा सम्लग्न भएको आरोपमा पक्राउ गरिएको एसपी कार्कीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width