संविधानले छोटो समयमा स्थायित्व पायो-मन्त्री योगेश

आदर्श समाज सम्वाददाता
पौष १२, २०७६
p 121

पोखरा, १२ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालमा नयाँ संविधान कार्यान्वयनले छोटो समयमा नै स्थायित्व पाएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ कास्कीद्वारा शनिवार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री भट्टराईले भने- बिदेशी राष्ट्रमा नयाँ बनेको संविधान कार्यान्वयन हुन वषौ लागेका छन्, भारतमा पनि दश वर्ष लाग्यो, तर नेपालमा संविधानले छिट्टै स्थायित्व पायो । लोकतान्त्रिक गणतन्त्र ल्याउन अग्रजले ७० वर्ष लडाई गर्नुप¥यो अव हाम्रो पुस्ता विकास र समृद्धिका लागि लड्न आवश्यक छ, मन्त्री भट्टराईले भने-सरकार गठन भएको २ वर्ष पुग्यो अब सरकार विकास निर्माण र समृद्धितर्फ अगाडि वढ्छ, यसको सबैको साथ आवश्यक पर्छ ।

राजनीतिक अस्थिरता हटेसंगै अब नेपालमा पर्यटकको संख्यापनि वढ्ने र विदेशी लगानी कर्ता नेपालमा लगानी गर्न आर्कषित हुनेमा उनले विश्वास व्यक्त गरे । पछिल्ला समय देशमा ठूलाठूला जलविद्युत आयोजना निर्माण भइरहेका छन्, केही अन्तिम चरणमा पुगेका छन्, नेपाललले पनि पहिलो पटक १५० मेगावाट जलविद्युत बिदेशमा बिक्री गरेको छ, मन्त्री भट्टराईले भने- उर्जामा नेपाल आत्म निर्भर भएको छ । चीनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले नेपाल र चीनको सम्बन्ध मात्र प्रगाढ बनेको छैन, नेपाललाई अन्तराष्ट्रिय रुपमा चिनाउन समेत सहयोग पुग्यो, मन्त्री भट्टराईले भने- सन् २०२० मा नेपालले २० लाख पर्यटक ल्याउने तयारीका साथ भ्रमणवर्ष घोषणा गरेको छ, त्यसको तयारी पुरा भएको छ ।

चीन र भारतबाट नै वढी पर्यटक नेपाल आउने छन्, विदेशी पर्यटकको सुबिधाका लागि त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा खुला, उडान बृद्धि गरेका छौ, केही नयाँ एयरलाइन्स थपिएका छन्, पार्किङको क्षमता समेत वढाइएको छ, उनले भने -सन् २०२० को मध्य समयतिर गौतमबुद्ध विमानस्थल समेत संचालनमा आउदाँ थप पर्यटक ल्याउन सहज हुने छ ।

विमानस्थल मात्र भएर नेपाल भ्रमण वर्ष सफल हुन सक्दैन, प्रदेश सरकारहरुले पनि पर्यटन सम्वन्धी नयाँनयाँ प्याकेज ल्याउन जरुरी हुन्छ, पर्यटन वर्षको प्रचार प्रसारका लागि १० करोड रुपैयाँ वजेट छुट्याएको छ, मन्त्रालयले ६५ करोडको माग गरेको छ, मन्त्री भट्टराईले भने- अन्तराष्ट्रिय मिडिया र नेपालका मिडियामा भ्रमण वर्षको प्रचार प्रसारका लागि १० करोड रुपैयाँले नपुग्ने हुँदा ६५ करोड रुपैयाँ माग गरेका हौ ।

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य ५२ प्रतिशत सकिएको जानकारी दिर्दै मन्त्री भट्टराईले गाईड पार्किङ लगायत भवन निमाृणका लागि आवश्यक १०४ रोपनी जग्गा थप आवश्यक भएकाले प्राधिकरणले चलनचल्तीको मूल्य स्थानीय उपभोक्तालाई दिएर जग्गा अधिग्रहण गर्न लागेको उनले जानकारी दिए । पोखरा विमानस्थल तोकिएको समयभन्दा ६ महिना अगाबै अर्थात सन् २०२१ को शुरुमा नै निर्माण सम्पन्न हुने जानकारी पनि मन्त्री भट्टराईले दिए ।फेवाताल अतिक्रमण रोक्न जरुरी भएको बताउदै उनले फेलाताल संरक्षणमा अन्तर मन्त्रालय समन्वयको आवश्यक छ मन्त्री भट्टराईले भने- फेवाताल नेपालको मात्र नभएर विश्वकै सम्पत्ती हो ।

Related News

सम्बन्धित समाचार

hero news full width