सरकारलाई दबाब दिन र्याली निकालिने

आदर्श समाज सम्वाददाता
पौष १२, २०७६
lipulake_Fotor

भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा पुस २७ गते पोखरामा दबाबमूलक र्याली निकालिने भएको छ।

नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसर पारेर पोखरा बृहत्त सरसफाइ अभियानले र्याली निकाल्न लागेको हो।

विभिन्न आमा समूह, संघसंस्था, नागरिक समाज र जनप्रतिनिधि संलग्न अभियानको शुक्रबारको बैठकले सरकारलाई सीमा विवाद कुटनीतिक माध्यमबाट समस्या गर्न दबाब दिन र्याली निकाल्ने निर्णय गरेको हो।

‘हामी स्वाभिमानी नेपाली हौं, हाम्रो मातृभूमि जोगाइ राख्न चाहन्छौं’ अभियानका संयोजक रामबहादुर थापाले भने, ‘सरकारको विरोध गर्न नभई सरकारलाई दबाब दिन र्याली निकाल्न लागेका हौं। ’

बैठक सरसफाइ अभियानका अभियन्ता टेकबहादुर गुरुङको अध्यक्षतामा भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width