पोखरामा ५ करोड लगानीमा जयकालिका प्लाष्टिक उद्योग संचालन

आदर्श समाज सम्वाददाता
पौष ११, २०७६
tank 2

पोखरामा ५ करोड रुपैयाँ लगानीमा जयकालिका प्लाष्टिक उद्योग प्रालि संचालनमा आएको छ ।

पोखरा महानगरपालिका वडा ३२, तल्लो गगनगौंडामा ६ रोपनी जग्गा भाडामा लिई सो उद्योग संचालनमा आएको हो।

उद्योगका प्रबन्ध निर्देशक रमेश खाँण ठकुरीका अनुसार यसप्रकारको उद्योग पोखरा क्षेत्रमै पहिलो हो । उद्योगले हाल पानी राख्ने ट्याङ्की (३ सयदेखि २ हजार लिटरसम्म), यूपीभीसीको झ्याल, ढोका तथा पार्टेसन उत्पादन गर्ने गरेको छ । साथै भारतीय सुप्रिम सोलार वाटर हिटरको आधिकारिक बिक्री वितरण समेत गर्दै आएको छ ।

जेके ट्याङ्क, झ्याल, ढोका तथा पार्टेसन निर्माणमा मिसावटरहित एवं ओरिजिनल कच्चा पदार्थ प्रयोग गरिने हुँदा धेरै वर्षसम्म टिकाउ हुने संचालक रमेश खाँण ठकुरीले दाबी गरे । कम्पनीले जेके ट्याङ्कीमा ५० वर्षको वारेन्टी दिने गरेको छ ।


त्यस्तै, ३५ वर्षको वारेन्टी रहेको झ्याल, ढोका तथा पार्टेसनसमेत कीराले नलाग्ने, घामपानी, आगोले असर नगर्नेे, रंग लगाउनु नपर्ने, असिना पानी आउँदा बाहिरी आवाज कम दिने, बाहिरी तातो र चिसो भित्र नछिर्ने, आल्मुनियमभन्दा बलियो, काठभन्दा सस्तो, एसी राख्न सहज रहेको बताइएको छ ।

१५ वर्षलाई जग्गाभाडामा लिई संचालित सो कम्पनीले हाल २५ जनालाई रोजगारी समेत दिएको छ । सो उद्योग कम्पनी रजिष्टार कार्यालयमा २०७३ सालमै दर्ता भई औपचारिक उद्घाटन नहँुदै सामान उत्पादित हुँदैआएको थियो ।

-विजय नेपाल

Related News

सम्बन्धित समाचार

hero news full width