भ्रमर्ण वर्ष केन्द्रित कार्यक्रम

आदर्श समाज सम्वाददाता
पौष १०, २०७६
bat welcome

पोखरा १० पुस । पोखरामा अवस्थित महेन्द्रगुफा र चमेरे गुफा अवलोकन गर्न आउने आन्तरिक तथा वाहृय पर्यटकलाई लक्षित गरी भ्रमण वर्ष २०२०को प्रचार र स्वागत स्वरुप पुस १६ गतेदेखि प्रभातफेरी सहित विविध सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।

उक्त कार्यक्रमका संयोजक गुरुदत्त भट्टराईले विन्ध्यवासिनी मावि महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समिति र गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थाको आयोजना र वडा कार्यालय पोखरा १६ को समन्वयमा सरसफाइ र प्रभातफेरी सहित विविध सांस्कृतिक कार्यक्रम हुन लागेको हो

पोखराको गुफा अवलोकनका लागि अधिकाशं भारतीय पर्यटक आउने गर्छन तर भारतीय सवारी साधन गुड्न पोखरामा प्रशासनले रोक समेत लगाइएको छ । पुस १६ गते विहान महेन्द्र गुफा र चमेरे गुफामा प्रवेश गर्ने पर्यटकलाई स्वागत सहित सम्मान गरिने र त्यसपछि विभिन्न जनजातिको झाँकी सहित सारङ्गी र पञ्चेवाजा वजाएर विभिन्न स्थानमा परिक्रमा गरिने गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थाका अध्यक्ष गोविन्दवहादुर वस्नेतले बताए ।

प्रभातफेरीमा त्यस क्षेत्रमा वसोवास गर्ने विभिन्न समुदायले आ आफ्नो भेषभुषा सहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने ,महेन्द्र गुफा र चमेरे गुफामा दिनभर नै सारङ्गी र पञ्चेवाजा वजाएर पर्यटकलाई स्वागत गर्ने तयारी भएको जानकारी दिइएको छ ।

उक्त दिन के.आई सिंह पुल देखि नै स्थानियले घर अगाडी फुलको घडा राखी पर्यटकलाई स्वागत गरिने जनाईएको छ ।कार्यक्रमको तयारी स्वरुप अहिले गुफा क्षेत्रमा ध्वजापतका टाँस्ने ,रङ रोगन गरेर सिर्गाने तथा विभिन्न सन्देश लेखिएका फ्लेक्स टाँस्ने कार्य भैरहेको छ ।भ्रमण वर्षकै पुर्वसन्ध्यामा वडा भित्रका संघ संस्थाको समन्वयमा पुस १२ गते वृहत सरसफाइ गरिने समितिले जनाएको छ ।महेन्द्र गुफा देखि शुरु हुने सरसफाई कार्यक्रम के.आई सिंहपुलमा पुगेर समापन गरिने वताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width