लेखनाथ पत्रकारिता पुरस्कार पौडेललाई

rss रासस
पौष १०, २०७६

पोखरा, १० पुस । लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट यस वर्ष राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश कार्यालय पोखराका समाचारदाता वासुदेव पौडेललाई सम्मान गरिने भएको छ ।

समाचार सम्प्रेषणका माध्यमबाट समग्र लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पु¥याउने सञ्चारकर्मीबाट प्रत्येक वर्ष एक जनालाई रु ११ हजार १११ नगद र सम्मापत्रबाट सम्मान गरिँदै आइएकामा यस वर्ष पौडेललाई उक्त पुरस्कार प्रदान गर्न लागिएको मञ्चका अध्यक्ष भीमपाणि बरालले जानकारी दिए ।

मञ्चका अध्यक्ष बराल, सचिव विष्णुहरि पौडेल, लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, पोखरा महानगरपालिकाका प्रतिनिधि राममणि अधिकारी, सल्लाहकार भरतप्रसाद तिवारी रहेको समितिले यस वर्ष पौडेललाई उक्त पुरस्कारका लागि छनोट गरेको हो ।

विसं २०६३ देखि निरन्तर राष्ट्रिय समाचार समितिमा आबद्ध पौडेल राससबाट दुई पटकसम्म वर्ष उत्कृष्ट आलेख समाचारबाट सम्मानित भइसकेका छन् । उनी दहचोक एकता क्लब सम्मान– २०६९, कङ्कालीमाई विकास सरोकार केन्द्र सम्मान–२०७०, संसारी युथ फाउण्डेशन सम्मान–२०७२, प्रथम चन्द्रागिरि महोत्सव सम्मान–२०७४, बाघमारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट सम्मान–२०७५, अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०७५ बाट सम्मान, अन्नपूर्ण पत्रकारिता पुरस्कार–२०७६ र क्याप्टेन रुद्रमान स्मृति ग्रामीण पत्रकारिता पुरस्कार–२०७६ बाट सम्मानित तथा पुरस्कृत भइसकेका छन् ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

एक्याप खारेजीको माग

साल्मेडाँडाको गोर्खा समाधि निर्माणले गति लिने

पोखरामा सुनिताले जन्माइन् चम्ल्याहा सन्तान

प्रमुख समाचार

शिक्षक शिक्षाप्रति वफादार छैनन् – मुख्यमन्त्री