इमान्दारपूर्वक जनताका काम गर्नुहोस् – नेपाल

आदर्श समाज सम्वाददाता
पौष १०, २०७६
p 10

पोखरा, १० पुस । नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले जनताका चाहना अनुसार वर्तमान सरकार अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पस पोखराद्वारा विहिवार क्याम्पस परिसरमा नव आगन्तुक विद्यार्थीको सम्मानमा आयोजित स्वागत कार्यक्रमलाई सम्वोधन गर्दै नेता नेपालले भने –समाजवादको दिशामा अगाडि वढेको नेकपाको वर्तमान सरकारले गरिब जनता लक्षित कार्यक्रम ल्याउन जरुरी छ ।

नेपाल सरकारका मन्त्रीहरु इमान्दारपूर्वक जनताको चाहना र आकांक्षा पुरा गर्ने तर्फ लाग्नु पर्छ, प्रदेशका मन्त्री, सांसद र स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि इमान्दारपूर्वक लाग्नु होस्, उनले भने– पदको दुरुपयोग नगर्नुहोस्, कुनैपनि जनप्रतिनिधिले नराम्रो काम गर्यो भनेर सुन्न नपरोस् ।

दुई तिहाई वहुमत नजिक पुगेको नेकपाले आगामी निर्वाचनमा दुई तिहाई भन्दा पनि वढी सीट हासिल गर्न जरुरी छ, उनले भने –वि.स.२०४७ को तुलनामा वि.स. २०७४ मा पुग्दा नेकपा ठूलो पार्टी बन्यो, जनतामाझ लोकप्रिय बनेकै कारण दुई तिहाईको नजिक पुग्यौ, उनले भने –सातवटा प्रदेश मध्ये ६ वटा प्रदेशमा नेकपाको सरकार बन्यो । ७ सय ५३ स्थानीय तह मध्ये साढे चार सय स्थानमा नेकपाले नै जीत हासिल गर्यो, उनले भने– जनतामाझ लोकप्रिय बन्दै गएको कम्युनिष्टलाई ध्वस्त पार्ने काम कम्युनिष्टबाट हुनुहुदैन ।

सरकारले राम्रो काम गर्दागर्दै पनि समाजमा नकरात्मक कुराको प्रचार गर्ने धेरै हुन्छन् त्यस्ता नकरात्मक कुराको सामाना गर्दै सकरात्मक कुरा लिएर अगाडि वढ्न जरुरी छ, उनले भने– पोखराको पृथ्वीनारायण क्याम्पस नेता जन्माउने मुहान हो, यहाँका विद्यार्थीले पनि इमान्दारिताका साथ आफ्नो अध्ययन सकेर भविष्यमा उच्च तहमा पुग्न सक्नुहोस् उनले भने ।

जसरी माक्र्सवादले इमान्दारिपूर्वक काम संसारकै इतिहासमा नाम राखे त्यसरी नै यस क्याम्पसका विद्यार्थी इमान्दारपूर्वक अगाडि वढ्दै माक्सवादको चेला बन्न सुझाव दिए । यहीबाट उत्पादित विद्यार्थी मन्त्रीबने, डाक्टर बने, इन्जिनियर बने, प्रशासनीक क्षेत्रमा उच्च पदमा पुगे, भविष्यका कर्णधार विद्यार्थीले आफ्नो अध्ययनमा वढी केन्द्रित हुनुहोस् उनले भने ।

Related News

सम्बन्धित समाचार

  • वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग

    धनबहादुर गुरुङ चैत्र १६, २०८०
    पोखरा ।  पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी सहरसँग जोड्ने पृथ्वी राजमार्ग स्तरोन्तति कार्य जारी नै छ । आँबुखैरेनी–पोखरा करिब ८०…
  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…

hero news full width