बुर्किना फासो, ९ पुस । उत्तरी बुर्किना फासोमा मङ्गलबार बिहान भएको आतङ्ककारी आक्रमणमा परी कम्तीमा ३५ सर्वसाधारण मारिएका छन् ।
राष्ट्रपति रोच मार्क क्रिस्टीयन काबोरले दिएको जानकारी अनुसार मङगलबार बिहानै जिहादीहरुको एउटा ठूलो समूहले आक्रमण गरेका थिए । आतङ्ककारी आक्रमणमा ठूलो सङ्ख्यामा सर्वसाधारण मारिएपछि यहाँ दुई दिन राष्ट्रिय शोकको घोषणा भएको छ । राष्ट्रपति उक्त घोषणा गरेका हुन् ।
देशको सौम प्रान्त अन्तर्गत पर्ने अर्बिन्द भन्ने ठाउँमा घटना भएको राष्ट्रपतिद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । राष्ट्रपति काबोरले सामाजिक सञ्जाल ट्वीटरमा सुरक्षाकर्मीहरुले आफ्नो विरता प्रस्तुत गरेको उल्लेख गरेका छन् । मृत्यु भएका ३५ सर्वसाधारणमा अधिकांश महिला रहेका उनले बताए ।
सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता रेमिस डान्डजीमौले मृत्यु भएका मध्ये ३१ जना महिला रहेको पुिष्ट गरे । राष्ट्रपति काबोरले मृतकप्रति श्रद्धाञ्जली र मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै दुई दिन राष्ट्रिय शोकको घोषणा गरेका हुन् ।
घटनाका बारेमा अहिलेसम्म कुनै पनि समूहले जिम्मेबारी नलिएको समाचारमा जनाइएको छ । बुर्किना फासोमा यस्ता आक्रमणका घटना बारम्बार हुने गरेको पाइन्छ । त्यसैगरी अर्को घटनामा स्थानीय सुरक्षाकर्मीहरुसँग भएको झडपका क्रममा ८० जिहादीहरु मारिएका सेनाले जनाएको छ । घटनामा परी अरु २० जना जिहादी घाइते भएका छन् ।
सन् २०१५ देखि भएका विभिन्न लडाकू आक्रमणमा परी बुर्किना फासोमा अहिलेसम्म कम्तीमा ७ सय भन्दा बढीको मृत्यु भएको छ । मृत्यु भएका मध्ये २०० जना सुरक्षाकर्मी रहेका छन् । हिंसात्मक घटना भइरहेकाले हजारौ स्थानीय बासिन्दा विस्थापित भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
Related News
सम्बन्धित समाचार
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
hero news full width
मुख्य समाचार
प्रकट पगेनी ‘शिव’ को निधन
कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
वैशाख ४, २०८१फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ
वैशाख ३, २०८१अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा १ लाख ४४ हजार पर्यटक
वैशाख ३, २०८१झण्झटिलो प्रशासनिक सेवा र भ्रष्टाचार विकासका बाधकः राष्ट्रपति
वैशाख ३, २०८१बजेटमाथि बहुवर्षे योजनाको चाप : दायित्व पौने १६ अर्ब
वैशाख ३, २०८१