शुद्ध लेख्ने विद्यार्थी बढे

आदर्श समाज सम्वाददाता
पौष ९, २०७६
education_Fotor

सन् २०१४ देखि शुरु राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको मध्यावधि मूल्याङ्कन २०१८ को नतिजा सार्वजनिक गरिएको छ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले युएसएडको सहयोगमा सो कार्यक्रम देशका १६ जिल्लामा लागु गरेको थियो।

कक्षा १ देखि ३ सम्म अध्ययन गर्ने बालबालिकाहरुको पठनसीप अभिबृद्धि गर्ने उद्देश्य सहित शुरु भएको कार्यक्रमको मध्यावधि मूल्याङकन प्रतिवेदन अनुसार शुद्ध लेख्नेसँगै अर्थबोध गर्ने विद्यार्थीको संख्यामा बृद्धि भएको नतिजा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले बुधवार पोखरामा एक कार्यक्रम गरी सार्वजनिक गरेको हो।

सन् २०१६ लाई आधार अध्ययन वर्ष र सन् २०१८ मा मध्यावधि मूल्याङकन गरिएको कार्यक्रममा जानकारी दिइयो।

प्रतिवेदन अनुसार आधार रेखा अनुसार एक विद्यार्थीले १ मिनेटमा ४५ शब्द पढ्न सँगै पढेको शब्दको ८० प्रतिशत अर्थबोध गर्न सक्नुपर्नेमा कार्यक्रम सुरु गर्नु अघि सो संख्या ०.९ प्रतिशत रहेकोमा हाल ३.१४ प्रतिशत पुगेको जनाइएको छ।

शुद्ध पढ्न सक्ने संख्या आधार वर्षमा ५२ प्रतिशत रहेकोमा मध्यावधिमा ६६ प्रतिशत पुगेको, कम्तिमा १ शव्द शुद्धसँग पढ्न सक्ने विद्यार्थी संख्या ३० बाट बढेर ४३ प्रतिशत पुगेको छ।

तोकिएको शब्द शुद्धसँग पढी अर्थ बोध गर्न सक्नेको संख्या ११ बाट २६ प्रतिशत पुगेको छ।

प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका निर्देशक नारायणकृष्ण श्रेष्ठले कार्यक्रमको परिचय र उपलव्धिबारे जानकारी दिए। कास्की जिल्ला संयोजक कुष्ण खतिवडाले कार्यपत्र पेश गदै गण्डकीका ११ मध्ये कास्कीमा ३७२, मनाङमा २७ र मुस्ताङम ५५ गरी ४ सय ५४ विद्यालयमा कार्यक्रम संचालित छन्।

५ वर्षका लागि शुरु कार्यक्रम आगामी बैशाखसम्म संचालन हुनेछ।

यसैबीच, सामाजिक विकास मन्त्री नरदेवी पुनले शिक्षाको गुणस्तर बृद्धीका लागि कक्षा कोठाको सुधार आवश्यक रहेकोमा जोड दिएकी थिइन्। कक्षा कोठाको अवस्था सुधार गर्न नसके शिक्षाको गुणस्तर सुधार्न नसकिने भन्दै उनले सवैभन्दा पहिला सवैको ध्यान यस्मा जानु पर्ने बताइन्।

जिल्ला समन्वय समिति कास्की प्रमुख बैनबहादुर क्षेत्रीले प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले अभिभावक, विद्यार्थी र शिक्षाको सम्वन्ध सुधार्ने काम गरेको बताए।

कार्यक्रम सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशका उपसचिव दामोदर सुवेदीको अध्यक्षतामा भएको हो।

Related News

सम्बन्धित समाचार

hero news full width