काठमाडौँ, ९ पुस । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मोफसलमा नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्न खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले आगामी फागुन र चैतका लागि मङ्गलबार मोफसलमा २५ प्रतियोगिता सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो ।
सुनसरीमा चार, झापामा तीन तथा पोखरा, मकवानपुर, चितवन र धनगढीमा दुई/दुई प्रतियोगिता हुनेछ । यस्तै बुटवल, इलाम, बागलुङ, सर्लाही, वीरगञ्ज, नेपालगञ्ज, सिमरा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र काठमाडौँमा एक/एक प्रतियोगिता हुने एन्फाले जनाएको छ ।
तालिकाअनुसार फागुन १ देखि १० गतेसम्म पोखरामा मनकामना गोल्डकप, झापामा सताक्षी गोल्डकप र मकवानपुरमा वागमती गोल्डकप आयोजना गर्नेछ । फागुन १५ देखि २४ गतेसम्म झापा गोल्डकप, माइभ्याली गोल्डकप र बागलुङमा मेयर कप आयोजना गरिनेछ । यस्तै फागुन २२ देखि चैत १ गतेसम्म पोखरामा आहा रारा गोल्डकप, सर्लाहीमा राजर्षी गोल्डकप र वीरगञ्जमा विशाल मेमोरियल गोल्डकप सञ्चालन हुनेछ ।
फागुन २९ देखि चैत ८ गतेसम्म मकवानपुरमा मकवानपुर गोल्डकप, सुनसरीमा दुहवी गोल्डकप, धनगढीमा तेस्रो सुदूरपश्चिम गौरी गङ्गा गोल्डकप, चैत १३ देखि २२ गतेसम्म सिन्धुपाल्चोकमा सिन्धु गोल्डकप, काभ्रे गोल्डकप र सुनसरीमा भरत गोल्डकप आयोजना गरिने एन्फाले जनाएको छ ।
यस्तै फागुन ८ देखि १७ गतेसम्म बुटवलमा तिलोत्तमा गोल्डकप, धरानमा बुढासुब्बा गोल्डकप, फागुन २४ देखि चैत ३ गतेसम्ममा नेपालगञ्ज गोल्डकप, चितवनमा भरतपुर गोल्डकप तथा चैत ६ देखि १५ गतेसम्म सिमरा गोल्डकप र सुनसरीमा मदन भण्डारी गोल्डकप आयोजना गरिनेछ । यसैगरी एन्फाले फागुन ५ देखि १५ गतेसम्म चितवनमा राइनो गोल्डकप, फागुन ११ देखि २२ गतेसम्म धनगढीमा खप्तड गोल्डकप, चैत २० देखि २९ गतेसम्म एन्फा नकआउट प्रतियोगिता र चैत १७ देखि वैशाख ६ गतेसम्म झापामा मेचीनगर गोल्डकप सञ्चालन गरिनेछ ।
Related News
सम्बन्धित समाचार
नेपाल पर्यटन बोर्ड पोखरा स्पोर्टस् अवार्डको प्रवर्द्धक
नेपाली टोली जापान प्रस्थान
चाकडी प्रथा अन्त्य जरुरी: खेलकुद मन्त्री श्रेष्ठ
ड्रागन बोट रेसमा वाटर स्पोर्टस् र नारा च्याम्पियन
सिर्जनशील क्लबलाई वडाध्यक्ष कप
hero news full width
मुख्य समाचार
वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
चैत्र १५, २०८०गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
चैत्र १५, २०८०किरिया बसेका दाजुभाइ परीक्षामा
चैत्र १५, २०८०सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
चैत्र १५, २०८०बजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत्र १५, २०८०