बागमती चिनी मिल सञ्चालनमा

आदर्श समाज सम्वाददाता
पौष ९, २०७६
bagmati-sugar-mills_QmIpIPRvdv

नवलपरासी, ९ पुस  । नवलपरासीमा सुस्ता गाउँपालिका २ कुडियामा रहेको बागमती खाडसारी मिल सञ्चालनमा आएको छ ।

उखु उत्पादन कृषक समिति नवलपरासीका अध्यक्ष उमेश यादवले बागमती खाडसारी मिल दुई दिनदेखि सञ्चालनमा आएको बताए । उनले भने – सरकारले निर्धारण गरेका मूल्यमा आधारित रहेर उखुको मूल्य भुक्तानी दिनेगरी मिल सञ्चालनमा आएको हो ।नवलपुरमा यस वर्ष १२ लाख क्युन्टल उखु उत्पादन भएको छ । यादवले भने – किसान चिन्चित हुनुपर्ने अवस्था छैन । उखु थोरै उत्पादन भएको छ । गत वर्ष नवलपरासीमा १६ लाख क्युन्टल उखु उत्पादन भएको थियो ।

उखु किसानहरुले समयमै भुक्तान नपाउनु र उखुको उचित मूल्य नपाउनु नै प्रमुख समस्या हो । नवलपरासीमा रहेका ३ वटा चिनी कारखाना मध्य लुम्बिनी चिनी मिलले औपचारिक रुपमा यस वर्षदेखि मिल बन्द गरेको जनाएको छ ।

बाँकी रहेको दुई वटा चिनी मिल मध्ये इन्दिरा सुगर मिलमा गत वर्षको रकम भुक्तानीको माग गर्दै किसानहरुले तालाबन्दी गरिदिएका छन् । यादवका अनुसार पछिल्लो ३ वर्षको १४ करोड रुपैयाँ इन्दिरा सुगर मिलले किसानलाई भुक्तान दिएको छैन । यादवले भने – इन्दिरा सुगर मिलको आन्तरिक तयारी नै अझै १ महिना लाग्ने देखिएको छ । कम्तिमा एक महिना त्यो मिल सञ्चालनमा आउने देखिदैन ।

त्यसैगरी सुनवल चिनी मिलले गत वर्षको ११ करोड रुपैयाँ किसानलाई भुक्तान नगरी चिनी मिल बन्द गरेको छ । यादवले सुनवल चिनी मिलका सञ्चालकहरु अहिले सम्पर्कमा नरहेको र किसानलाई रकम भुक्तान दिन आलटाल गरेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width