नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ -नेता थापा

रासस
पौष ८, २०७६
thumb

दमौली, ८ पुस । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्ने बताएका छन् ।

तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नेपाल विद्यार्थी सङ्घ एकाइले मंगलवार आयोजना गरेको नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा नेता थापाले नेपालको एक इञ्च भूमि पनि अतिक्रमण गर्न नदिइने र भारतले अतिक्रमण गरेको जमिन फिर्ता ल्याएरै छाड्ने बताए । “सीमाको विषयमा छलफल गर्न भारत तयार भएको छ”, नेता थापाले भने “हाम्रो पुस्ता नेपाली भूमि रक्षाका लागि सङ्घर्ष गर्छ ।”

नेपाललाई सिङ्गापुर बनाउँछु भनेर नेताले भाषण गरे पनि एउटा व्यक्तिले चाहेर मात्र नेपाल समृद्ध बन्न नसक्ने थापाले ठोकुवा गरे । “नायक महानायकले देश बनाउन सक्दैनन् लोकतन्त्रको बाटोेबाट मात्र नेपाल समृद्ध बन्न सक्छ”, थापाले भने ।

कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँ सभापति वैकुण्ठ न्यौपानेले युवा अध्ययनशील बनेर नेतृत्व विकासतर्फ अगाडि बढ्नुपर्ने बताए । सङ्घका एकाइ सभापति सुदर्शन पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष चूडामणि खनाल, आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रह्मदत्त तिमिल्सिनालगायतले विद्यार्थीको हकहितको लागि नेपाल विद्यार्थी सङ्घ सधँै क्रियाशील रहने बताए ।

Related News

सम्बन्धित समाचार

  • वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग

    धनबहादुर गुरुङ चैत्र १६, २०८०
    पोखरा ।  पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी सहरसँग जोड्ने पृथ्वी राजमार्ग स्तरोन्तति कार्य जारी नै छ । आँबुखैरेनी–पोखरा करिब ८०…
  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…

hero news full width