सहारा एकेडेमीलाई सहयोग

आदर्श समाज सम्वाददाता
पौष ७, २०७६
Sahara Academy Help

पोखरा । कास्कीको घान्द्रुक स्थायी घर भई हाल बेलायतमा बसोवास गर्दै आएका श्रीभक्त गुरुङको स्मृतिमा पोखराको सहारा एकेडेमीलाई सहयोग प्रदान गरिएको छ ।

एकेडेमीको अक्षयकोषमा सहयोग रकम पदान गरिएको हो ।

श्रीभक्त गुरुङको अर्घौंको तेश्रो दिन तमू प्येल्हू संघ पोखरामा श्रीभक्तकी आमा मनबुजा गुरुङले सहारा क्लवका अध्यक्ष केशवबहादुर थापालाई २ लाख ५७ हजार ५ सय रुपैया सहारा एकेडेमीको अक्षयकोषमा सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।

छोराको स्मृतिमा सहारा एकेडेमीमा सहयोग गर्नु उल्लेखनीय कार्य भएको हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङले बताए । केही दिन अघि श्रीभक्तका ठूला बुबा मे. ज्ञानबहादुर गुरुङ, क्या.जगबहादुर गुरुङ र क्या. रुपबहादुर गुरुङ सहारा एकेडेमी दोभिल्ला पुगेका थिए ।

सहारा क्लब पोखराद्धारा संचालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरु सम्मिलित १३ जिल्लाका २५ जना सहारा फुटबल एकेडेमीमा आबद्ध भएको महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width