हिसान स्पोर्टस् मिट

आदर्श समाज सम्वाददाता
पौष ७, २०७६
pokhara-marathon-2019-adventuresportsnepal

पोखरा, ७ पुस । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीद्वारा १३ औं हिसान स्पोर्टस् मिट २०७६’ आयोजना गरिएको छ ।

विद्यार्थी र विद्यालयबीच आपसी समझदारी एवं भाइचाराको भावना विकसित गर्ने उद्देश्यले पुसको दोस्रो हपतामा आयोजित स्पोर्टस् मिट राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले उद्घाटन गर्ने कार्यक्रम रहेको हिसान कास्कीका अध्यक्ष डा.रामजी शर्माले जानकारी दिए।हिसानले वार्षिक क्यालेण्डर बनाएर हरेक वर्ष स्पोर्टस् मिट गर्दै आएको छ । खेल अन्तरगत मावितह कक्षा ११–१२ सम्म छात्र–छात्रा भलिबल, टेबल टेनिस र बास्केटबल प्रतियोगिता हुने बताइएको छ ।

स्पोर्टस् मिट अन्तरगत मावितह तर्फ छात्र भलिबलमा २९ समूह, छात्रा भलिबलमा १५ समूह, बास्केटबल मावि तह छात्रतर्फ ३३ समूह, छात्रा तर्फ १७ समूह र विश्वविद्यालय बास्केटबलतर्फ ६ समूहको सहभागिता हुनेछ । त्यसै गरी छात्र टेनिस मावि एकलमा ७२ जना, छात्रा एकलमा ३८ जना, छात्र डवल्समा ३४ समूह, छात्रा डबल्समा १३ समूहको सहभागिता रहने जनायएको छ । हिसान कास्कीमा आवद्ध ६८ विद्यालय मध्ये ५३ विद्यालयले प्रतियोगितामा सहभागिता जनाउने वताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width