पोखरा, ७ पुस ।
छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले,
छाडेन मलाई जहाँ गएपनि मायाको धुईरोले‘।।।
नेपथ्यमै रहेको नेपथ्य व्याण्डलाई यो गीतले एकाएक चर्चित बनाईदियो । युवादेखि बृद्धाबृद्धलाई यो गीतको शब्दले निकै छोयो । गीतका रचनाकार एवं संगीतकार थिए, सुक गुरुङ । गुरुङ धर्तीबाटै सदाका लागि गीतजस्तै नदेखिने गरी कुहिरोभित्र छिरे ।
दोष कसैलाई दिन चाहन्न,
पिउने छु बरु आँखाको आँशु‘‘‘।
अरुणा थापाले गाएको यो गीत जस्तै गुरुङ कसैलाई दोष नदिने शालिन ब्यक्ति थिए । अरुलाई दोष नदिने उनको मृत्युमा आफ्नै मृगौला दोषी बन्यो । लामो समयदेखि दुवै मृगौलाले काम गर्न छोडेपछि उनी नियमित उपचार गराईरहेका थिए । २०७३ सालमा सुक गुरुङ उपचार सहयोग समिति गठन गरेर समितिले नै उपचारमा सहयोग गर्दै आएको थियो ।
उनी उच्च रक्तचाप, मधुमेहको रोगी पनि थिए । २०२२ सालमा लमजुङमा जन्मिएका सुक पोखरा स्थित डाँडाको नाकमा बस्दै आएका थिए । ३ दिनअघि उपचारका लागि अस्पताल भर्ना भएका उनको आइतबार बिहान पोखराको चरक अस्पतालमा निधन भएको परिवार श्रोतले जनाएको छ ।
आँखैमा झलझली,
हितको दौतरी‘‘‘।
पछिल्लो समय आँखाको दृष्टी समेत गुमाएका गुरुङले नै यो गीतको सिर्जना गरेका थिए । राजु लामाले गाएको चर्चित गीत ‘भाइटीकामा भेट्न आउँला’ गीत रचना गर्ने पनि गुरुङ नै थिए । गुरुङका ‘इशारा भाग १ देखि ३ सहित निवेदन, सूचना, विरानो माया गरी ११ सांगीतिक एल्वम बजारमा छन् भने उनैका गीत, कविता र मुक्तक समेटिएको पुस्तक ‘ए मेरा अन्तरवेदना’ प्रकाशित छ ।
धेरैले गुरुङको निधनप्रति दुख ब्यक्त गरेका छन् । उनको निधनले नेपाली संगीत क्षेत्रमा ठूलो नोक्सानी परेको हिमाली सांस्कृतिक परिवारका पूर्व अध्यक्ष मेनकाजी गुरुङले बताए । गीत संगीतबाटै परिचित गुरुङ संगीतप्रेमीको मानसपटलमा सँधै रहने छन् ।
Related News
सम्बन्धित समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
hero news full width
मुख्य समाचार
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१