‘व्यावसायीलाई राज्यले स्वागत गर्छ’

आदर्श समाज सम्वाददाता
पौष ७, २०७६
motilal mantri_Fotor

नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले उद्योग व्यावसायीलाई राज्यले स्वागत तथा सम्मान गर्ने बताएका छन्।

लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको लेखनाथ महोत्सवको अवलोकनका लागि आइतवार लेखनाथ आएका राज्य मन्त्री दुगडको स्वागत तथा सम्मानका लागि राखेको कार्यक्रममा बोल्दै उनले आफूलाई उद्योग व्यावसायीको प्रतिनिधित्व गर्दै सरकारमा लगेकोले सरकार व्यावसायीको पक्षमा रहेको बताएका हुन्।

व्यावसायीहरुको हकहितका सवालमा नीतिगत निर्णय गराएर राष्ट्रिय उत्पादनमा सहयोग पुग्ने गरि आधुनिक शैलीमा नयाँ युगको थालनी भएकाले अब व्यावसायीहरुले कहिल्यै पनि हरेस नखाने गरी कार्ययोजना अगाडि बढेको बताउँदै राज्य मन्त्री दुगडले निजी क्षेत्रले अब आहात होइन राहात पाउने ठोकुवा गरे। कार्यक्रममा मोरङ उद्योग संगठनका अध्यक्ष भीमप्रसाद घिमिरेले सरकारले नीतिगत रुपमा नै व्यावसायीहरुको समास्यप्रति गम्भीर हुन सुझाव दिँदै स्वदेशमा नै रोजगार सृजना गर्न व्यावसायीहरु तयार रहेको धारणा राखेका थिए।

लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको सो कार्यक्रममा संघका सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य र महासचिव गोपीचन्द्र बास्तोलालगायतले व्यावसायीका समस्यहरूप्रति सरकार उत्तरदायी हुनु पर्ने सुझाव राखेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width