वर्षाको हातमा २ फिल्म

आदर्श समाज सम्वाददाता
पौष ७, २०७६
barsha siwakoti

अभिनेत्री वर्षा सिवाकोटीले एक साथ वटा चलचित्रहरु खेल्ने भएकी छिन्। वर्षाले ‘सुदुर’ र ‘चालबाज’ नेपाली चलचित्र एक साथ खेल्ने भएकी हुन्। चलचित्र ‘सुदुर’लाई रमेश बुढाथोकीले निदेर्शन गर्नेछन्। फिल्म ‘सुदुर’ मा वर्षाको मुख्य भूमिका रहने बताइएको छ। फिल्मका छायांकन फागुनदेखि सुरु हुने जनाइएको छ। फिल्म ‘सुदुर’ को अन्य कलाकारहरु भने फाइनल भइसकेको छैन।

यस्तै, छायाकनमा रहेको अर्को चलचित्र ‘चालबाज’ मा पनि उनी भित्रिएकी छिन्। कैलास राईले यस फिल्ममा निदेर्शन गरिरहेका छन् ‘चालबाज’ मा वर्षासँग अभिनेता पुष्प खड्काले पनि अभिनय गर्नेछन्। फिल्ममा वर्षा र पुष्पको मुख्य भूमिका रहनेछ। उनीहरुको सुटिङ शुक्रबारदेखि दार्जिलिङबाट सुरु भइसकेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width