छोम्रोङमा सेञ्चुरी ल्होसार मेला सुरु

आदर्श समाज सम्वाददाता
पौष ६, २०७६
gurung 6

अन्नपूर्ण(छोम्रोङ), ६ पुस । सेञ्चुरी युवा क्लब अन्नपूर्ण गाउँपालिका–११, छोम्रोङको आयोजनामा सेञ्चुरी ल्होसार मेला–२०७६ शनिवारदेखि सुरु भएको छ।यहि पुस ९ गतेसम्म चल्ने उक्त मेला क्लवले ‘संस्कृति, सम्पदाको संरक्षण एवम् पर्यटन वर्ष २०२० को प्रवद्र्घनका लागि’ नाराका साथ सुरु गरेको हो।

मेलाको आइतवार उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले समृद्घिका लागि संस्कृति जोगाइराख्नपर्नेमा जोड दिेदै सबै नागरिक एक जुट हुन आग्रह गरे । साथै उनले मेला महोत्सवले पर्यटन वर्षलाई सहयोग पु¥याउने हुदै सहयोग गर्न आग्रह गरे ।

अन्नपूर्ण क्षेत्रका हिम श्रृंंखलालाई कुमारित्व नै राख्नु पर्ने जोड उनको छ । अन्नपूर्ण पदमार्गको स्तर उन्नतिका लागि बजेट विनियोजन गर्न आफू प्रतिवद्ध रहेको आश्वासन मुख्यमनत्री गुरुङले दिए । साथै उनले अन्नपूर्ण आधार शिविरमा घुम्न आउने पर्यटकको सुरक्षाका लागि माछापुच्छे« वेश क्याम्पमा प्ररी चौकी स्थापना गर्न आफूले पहल सुरु गर्ने भनाइृ पनि उनको छ ।

उक्त अवसरमा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर, वडा नं ११ का वडाध्यक्ष हिम गुरुङ, छोम्रोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष वुद्धिमान गुरुङ लगायतले आफ्नो भनाई राखेका थिए ।

मेला अन्र्तगत पुरुष भलिवल, महिला भलिवल, पुरुष वास्केटबल, पौढ (४० वर्ष माथिको) भलिवल, ठेलो, रस्साकस्सी, घैटो फुटाई, म्यूजिकल चियर, बोरा दौड तथा सामूहिक नृत्य प्रतियोगिता हुँदैछन्।
पुरुष भलिवलतर्फ प्रथम समूहले ८० हजार, दोस्रोले ५० हजार, महिला भलिवलमा प्रथमले ५० हजार र द्वितियले ३० हजार, बास्केटबलतर्फ प्रथमले ८०, द्वितियलाई ५०, पौढ भलिवलमा पहिलोले २० तथा द्वितियले १० हजार रुपैयाँ पुरस्कार पाउने क्लवका अध्यक्ष मिकाश गुरुङले बताएका छन्।

त्यस्तै ठेलोतर्फ प्रथमले ५ हजार, दोस्रोलाई ३ हजार, रस्साकस्सीमा पहिलोले १० हजार र दोस्राले ५ हजार, घैटो फुटाई साथै म्यूजिकल चियरमा पनि आकर्षक पुरस्कारको व्यवस्था रहेको छ ।त्यस्तै क्लवले गुरुङ संस्कृति झल्कने सामुहिक नृत्य प्रतियोगिता पनि गर्दैछ ।जसमा प्रथम समूहले ५० हजार, द्वितियले ३५ हजार, तृतीयले २० हजारका साथमा ट्रफी र प्रमाणपत्र तथा उत्कृष्ठ भेषभुषा तथा नृत्य निर्देशकलाई समान पाँच हजार साथमा प्रमाणपत्र पुरस्कार दिइने छ ।

मेला अन्र्तगत साँझ ५ बजेदेखि १२ बजेसम्म विभिन्न सांस्कृतिक कार्यक्रम गर्ने गरिएको छ । त्यस्तै एविसी टेलीभिजनबाट प्रशारित हुने इन्द्रेणी कार्यक्रम पनि छायाङकन भइरहेको छ। क्लबले यसपटक गरेको यो १८ औं संस्करणको मेला हो ।जसको समापन संघिय सरकारका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गर्ने कार्यक्रम तय भएको छ । क्लवले वार्षिक रुपमा खुल्ला रक्तदान, गाँजा फाड्ने, तथा सरसफाई अन्र्तगतका अन्य कार्यक्रम पनि गर्दै आएको छ।क्लबका अध्यक्ष मिकाश गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम सल्लाहकार दिलीप गुरुङले संचालन गरेका थिए ।

श्रीभद्र पौडेल

Related News

सम्बन्धित समाचार

hero news full width