दमौलीमा रोदी र कौराहा नाचबारे समीक्षा

आदर्श समाज सम्वाददाता
पौष ६, २०७६
rodi photo

पोखरा, ६ पुस । संस्कृतिकर्मी दानबहादुर आले मगरद्वारा लिखित रोदी र कौराहा नाचबारे समीक्षा कार्यक्रम आइतवार सम्पन्न भएको छ ।

नेपाल मगर लेखक संघ तनहुँको ८ औं साधारण सभा एवं ९ औं वार्षिकोत्सको सन्दर्भ पारेर उक्त समीक्षा कार्यक्रम गरिएको हो । मगर समुदायमा प्रचलित कौराह तनहुँ जिल्लाको रिषिङ् गाउँपालिका तत्कालीन कोटदरबार गाउँविकास समिति अन्तर्गत पर्ने गैह्राथोक आसपासबाट करिब अढाई सय वर्ष पहिले उत्पति भएको लेखक एवं संस्कृतिकर्मी दानबहादुर आले मगरको भनाई छ ।

मगर समुदायको मौलिक र लोकप्रिय नाच कौराहा पानी कुर्दा समय विताउने क्रममा रमाइलो र आराम गर्न पधेँरोमा पानी भर्न प्रयोग गर्ने भाँडाकुँडा बजाउँदै नाच्ने गाउने गरी शुरु भएको आलेको भनाई छ । आलेको पुस्तकमा मगर भाषामा (क्रुङ् र ङाहा) नेपालीमा खैजडीको आवाज बज्योबाट कौराह साथै (रुङ् र डी) पानी कुर्ने देखी रोदीको नामाङ्करण भएको तर्क छ ।

समीक्षा कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष सिद्धान्त थापा मगर, अग्रज संस्कृतिविज्ञ यमबहादुर आले मगर, नेपाल मगर लेखक संघ केन्द्रीय समितिका सदस्य गीता रखाली मगर, नेपाल मगर संघ तनहुँका अध्यक्ष मनिराज थापा मगर, आदिकवि रेखबहादुर सारु, मगर स्मृति प्रतिस्ठानका सचिव रीमा आले मगर, राष्ट्रिय मौलिक कौराह सरंक्षण समिति तनहुँका अध्यक्ष सिजन थापा मगर, रोदी र कौराह नाच पुस्तकका सहसम्पादक इन्द्रबहादुर आले मगर लगाएतले मौलिक कौराह र रोदीको बारेमा पुस्तकले थप जानकारी दिए ।

कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका सह–प्राध्यापक संस्कृतिकर्मी तिलबहादुर आले मगर र मगर चलचित्रकर्मी संघ केन्द्रीय सदस्य सुमन थापा मगरले पुस्तकको बारेमा समीक्षा गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width