सुस्तामा जलअधिकार सम्मेलन

आदर्श समाज सम्वाददाता
पौष ६, २०७६
jal_Fotor

नदी अधिकार मञ्च साउथ एशिया कमिटीको आयोजनामा सुस्तामा अन्तरदेशीय जल सम्मेलन हुने भएको छ।

नेपाल, भारत र बंगलादेशका ठूला नदीको तटीय क्षेत्रमा बसोबास गर्ने विभिन्न स्थानका सरोकारवालाको अधिकारसँग सम्बन्धित विषयमा छलफल गरी अधिकारको प्रत्याभूतिका लागि पुस १० देखि तीनदिने सम्मेलनको आयोजना गरिएको नदी अधिकार मञ्च साउथ एशिया कमिटीका संयोजक बृजराज कुशवाहले पत्रकार सम्मेलनमा बताए। सम्मेलनमा भारतका पश्चिमी बंगाल, बिहार र उत्तर प्रदेशका विज्ञ, नदीपीडित तथा जल अधिकारका अभियन्ताहरु सहभागी हुने छन्। त्यसैगरी नेपालका पूर्वमा कमला नदी, कोशी नदी, वागमती नदी, कर्णाली नदी र महाकाली नदीका तटीय वासिन्दा तथा नेपालका नदी अधिकारकर्मी, जल अधिकारकर्मी, जल विज्ञ तथा मानव अधिकारकर्मीको गरी करिब १ हजार जनाको उपस्थिति हुनेछ। कार्यक्रम पहिलो दिन सुस्ता गाउँपालिका ५, नारायणी नदी किनारस्थित ठाढीघाट, दोस्रो दिन गण्डकवासीका लागि प्रशिक्षण कार्यक्रम त्रिभुवन क्याम्पस बेलाटारीको गान्धी हलमा सञ्चालन गरिनेछ। अन्तिम तथा तेस्रो दिन गान्धी हलमै नदी अधिकार मञ्चको घोषणापत्र जारी गरी सम्मेलन समापन गरिनेछ।

पानीको असमान वितरण, बाढी डुबान कटानमा नियन्त्रणको अभाव, जलविद्युत् उत्पादनमा कमी तथा गण्डकमा बनाइएका संरचनाले पार्न थालेको दीर्घकालीन प्रभावबारे छलफल हुनेछ।

Related News

सम्बन्धित समाचार

hero news full width