इलेक्ट्रो मेकानिकलको सम्मान

आदर्श समाज सम्वाददाता
पौष ६, २०७६
electro 1_Fotor

इलेक्ट्रो मेकानिकल संघ नेपालको १८ औं साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ।

साधारण सभामा संस्थाको विकासमा योगदान पुर्याएको भन्दै संस्थाका सदस्य शिवजी रानाभाट र वसन्तप्रसाद कोइरालालाई सम्मान गरिएको छ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्री, संस्थाका अध्यक्ष गोविन्दप्रसाद पौडेल र संस्थापक अध्यक्ष डिल्लीराज राजभण्डारीले उनीहरूलाई माला, दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन्।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख अधिकारी क्षेत्रीले सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई साकार पार्न रोजगारीका लागि युवाहरू विदेशीनेक्रमलाई रोक्नुपर्ने बताए।

उनले युवालाई कामको खोजीमा विदेश जान नपर्ने र विदेश भएका युवालाई स्वदेशमै राजगारीको वातावरण बनाए मात्र मुलुक समृद्ध हुने बताए। उनले सरकारको नारालाई साकार पार्न निजी क्षेत्र र यस्तै संघ, संस्थाको भूमिका पनि महत्वपूर्ण हुने बताए। उनले युवाहरूलाई संघ, संगठनमा आवद्ध गराइ उनीहरूलाई सीप सिकाएर उद्यमशील बनाउनु पर्ने खाँचो औंल्याए।

देशलाई आर्थिक रुपमा सवल बनाउन युवाको भूमिका महत्वपूर्ण हुने भएकाले युवालाई रोजगारको साथै उद्यम र स्वरोजगतर्फ जोड दिनुपर्ने बताए। कार्यक्रममा नेपाल रेफ्रिजेरेसन मर्मत संघका अध्यक्ष विनोद डंगोल एउटै उद्देश्य भएका २ संस्थाबीच कार्यगत एकता आवश्यक भएको बताए।

नेपाल इलेक्ट्रो मेकानिकल संघ नेपालका अध्यक्ष गोविन्दप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष डिल्लीराज राजभण्डारी, औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष वलभद्र नकर्मी, पोखरा इलेक्ट्रिक एसोसिएसनका अध्यक्ष राजु भण्डारीलगायतका संस्थाले गरेका गतिविधि मेकानिकल क्षेत्रमा देखिएका समस्याका बारेमा बोलेका थिए।

संस्थाको साधारण सभाले महासचिव माधव तिवारीले प्रस्तुत गरेको प्रतिवदेन र कोषाध्यक्ष इन्द्रलाल श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनलाई पारित गरेको छ।

गण्डकी प्रदेशका १० जिल्लाबाट प्रतिनिधित्व रहेको साधारण सभामा संस्थाका उपाध्यक्ष अरुण थापाले स्वागत गरेको थिए भने सञ्चालन महासचिव तिवारीले गरेको थिए। कार्यक्रममा नयाँ सदस्य र आजीवन सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने संस्थामा १ सय १३ जना सदस्य छन्।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width