शुक्लागण्डकी उवासंघमा नयाँ कार्यसमिति

आदर्श समाज सम्वाददाता
पौष ६, २०७६
shukla udyog banizya committee207695_Fotor

शुक्लागण्डकी उद्योग वाणिज्य संघको सम्पन्न वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले हरिकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ।

वरिष्ठ उपाध्यक्षमा विमलप्रसाद रिमाल, उपाध्यक्षमा पूर्णकुमार श्रेष्ठ र सुजित हिराचन, महासचिवमा नारायणकुमार श्रेष्ठ, सचिवमा ज्योति श्रेष्ठ, कोषाध्यक्षमा नेपबहादुर पुन निर्वाचित भए।

सदस्यमा उपेन्द्र तिम्सिना, प्रेमबहादुर श्रेष्ठ, सुजन श्रेष्ठ, गोपिकृष्ण तिवारी, मित्रबन्धु पौडेल, विर्सना श्रेष्ठ, प्रदीप थापा, गिरबहादुर थापा, रेशमबहादुर विक, कमल गैरे, सुन्दर बस्याल, राजकुमार खड्का, विष्णु राना र अनिल खनाल छन्।

निर्वाचनमण्डल संयोजकमा अधिवक्ता शिवदत्त ढकाल र सदस्यमा अधिवक्ता भानुभक्त सुवेदी र लक्ष्मी सिग्देल थिए।

प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले उद्योगी व्यवसायीहरुले कर तिरेर सरकारलाई राज्य सञ्चालनमा सहयोग गरेको बताए।

उनले जिल्ला, नगरको नेतृत्व तहमा हुनेहरुको दीर्घकालीन सोच हुनुपर्नेमा जोड दिए। उनले गण्डकीभर २०७७ साल असार मसान्तभित्र मेला महोत्सव गनेर्लाई प्रदेश उद्योग वाणिज्य संघले ५० हजार सहयोग गर्ने समेत जानकारी गराए। हरिकुमार श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन महासचिव नारायणकुमार श्रेष्ठले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width