सराङकोटमा सरसफाइ

आदर्श समाज सम्वाददाता
पौष ६, २०७६
safai

पोखरा, ६ पुस । पर्यटन वर्ष सन् २०२० को पूर्व सन्ध्यामा पोखराको पर्यटकीय आकर्षण केन्द्र सराङकोट आसपासमा सरसफाइ गरिएको छ ।

पोखरा–१८ को संयोजनमा पोखरा महानगरपालिका सरसफाइ शाखाको विशेष सहयोगमा नेपाल प्याराग्लाइडिङ्ग पाइलटस् क्लब, पर्यटन व्यवसायी, स्थानीय टोल विकास एवं आमा समूह लगायत विभिन्न संस्थाको संयुक्त आयोजना सरसफाइ कार्यक्रम गरिएको हो ।

सरसफाइ कार्यक्रमको उद्घाटन पोखरा– १८ का वडा अध्यक्ष रणबहादुर थापाले गरेका थिए । सराङकोटका सनराइज, प्यारानोभा तथा ब्लू स्काई टेक अफ क्षेत्र, सराङकोट बजार तथा भ्यू टावर सम्मको सरसफाइ गरिएको वताइएको छ । प्यारग्लाइडिङ्ग पाइलट क्लबका अध्यक्ष बिमल पहारीले सम्बन्धित सबैको सहकार्यमा सरसफाइ कार्यको सफल शुरुवात भएकोमा खुशी व्यतm गरिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width