गोठमा आगलागी हुँदा १ जनाको मृत्यु

rss रासस
पौष ५, २०७६

गुल्मी, ५ पुस । गुल्मीको इस्मा गाउँपालिका–३ तोरीपाटामा गोठमा आगो लाग्दा एक जनाको ज्यान गएको छ । स्थानीय चिन्ताबहादुर सार्कीको गोठमा शुक्रबार राति अचानक आगलागी हुँदा एक अपरिचित व्यक्तिको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर खड्काले जानकारी दिए ।

आगलागीमा परी ज्यान गुमाएका व्यक्तिको शव पहिचान हुन सकेको छैन । घरका कुनै पनि व्यक्ति गोठमा नसुतेका कारण शव कसको हो भन्नेबारेमा अझै जानकारी नभएको बताइएको छ । घटनाको जानकारी पाएपछि शनिवार बिहान इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आगलागीबाट गोठमा रहेका भैँसी र गोरुसमेत जलेर घाइते बनेका छन् ।

तपाइको विचार व्यक्त गर्नुहोस्

प्रमुख समाचार

गायिका आस्थालाई ४ दिन हिरासतमा राख्न आदेश