ट्रम्प माथिको महाअभियोग प्रस्ताव अनुचित- रिपब्लिकन पार्टी

एजेन्सी
पौष ४, २०७६
president-donald-trump

काठमाण्डौ,४ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध त्यहाँको तल्लो सदनले महाअभियोग लगाउने प्रस्ताव पारित गरिसकेको छ । तर ट्रम्प सवद्ध दल रिपब्लिकनले महाभियोग अनुचित भएको टिप्पणी गरेको छ ।

बहुमत रहेको डेमोक्र्याटहरूको तल्लो सदनले बिहीबार राष्ट्रपति ट्रम्पमाथिको महाभियोग प्रस्ताव पारित गरेको थियो । महाभियोग लगाएको केही समयपछि यसबारे टिप्पणी गर्दै ट्रम्प आबद्ध दल रिपब्लिकनले यसलाई अनुचित कार्य भनेको छ । रिपब्लिकनका सिनेटका नेता मिच मक्कनेलले ट्रम्पविरुद्धको महाभियोग इतिहासकै सबैभन्दा हतारो र अनुचित भएको प्रतिक्रिया दिएका छन् । डेमोक्र्याटहरूले पक्षपातपूर्ण आक्रोश पोखेकाले आउँदा दिनमा यसको नतिजा नकारात्मक हुने चिन्ता पनि उनले व्यक्त गरेका छन् ।

‘डेमोक्र्याटहरूले हतारमा जुन निर्णय गरेका छन्, यसले आउँदा दिनमा विसाक्त नजिर बसाउने छ’, उनले भनेका छन् । मक्कनेलले आफ्नो मन्तव्यका क्रममा १२ साता लामो उक्त अनुसन्धानले अमेरिकी प्रजातन्त्रका संस्थाहरूमाथि क्षति पुर्याउनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।अमेरिकी इतिहासमा तल्लो सदनबाट महाभियोग लाग्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन् । यसलाई उनले ‘छल’को संज्ञा दिएका छन् । तल्लो सदनले यसअघि ट्रम्पले पदीय दुरुपयोग गरेनगरेकोबारे लामो अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा त्यस्तो देखिएपछि उसले महाभियोग लगाएको हो । अब यो मामला त्यहाँको माथिल्लो सदन सिनेटमा प्रवेश हुननेछ, जहाँ रिपब्लिकनहरूको बहुमत छ ।

Related News

सम्बन्धित समाचार

hero news full width