राजेशपायल र डेनीको स्वरमा हर्पेको नौनी

आदर्श समाज सम्वाददाता
पौष ४, २०७६
harpeko_1

पोखरा, ४ पुस । सर्वाधिक लोकप्रिय गायक राजेशपायल राईका साथमा चर्चित पूर्वेली लोकगीत ‘डाली घाँसैमा’ र ‘मै दुःखी चेली’ गीत भिडियो सहित बजारमा आएको छ । गायिका डेनी इम्सङ देवान नयाँ लोकगीत ‘साह्रै मिठो हर्पेको नौनी घ्यू, के मान्नु लाजसरम हाँसी बोलिदिऊँ’को भिडियोसहित आएकी छिन् ।

विमल खेवाछालीको शब्द तथा मनोज साङसोन राईको सङ्गीत रहेको गीतको सङ्गीत संयोजन राजु कार्कीले गरेका हुन् । मणिराज देवानले निर्माण गरेको भिडियो गायिका डेनीको निजी युटुब च्यानलमा हेर्न सकिने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width