निःशुल्क आँखा शिविर

आदर्श समाज सम्वाददाता
पौष ४, २०७६
ggggg

पोखरा, ४ पुस । जिल्ला अस्पताल स्याङ्जामा २ दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोग र माइक्रो भिजन आइ केयर प्रोडक्टको सहयोगमा पुस ३ र ४ गतेसम्म संचालन हुने सो शिविरमा निःशुल्क आँखा जाँच गरिनुका साथै मोतियाबिन्दुका बिरामीको छनौटगरी उनीहरूको शल्यक्रिया समेत गरिने छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्माको अध्यक्षतामा संचालित सो शिविरको उद्घाटन कार्यक्रममा बोल्दै उनले अस्पतालमा जेठ देखि आँखा उपचारको बहिरंग सेवा समेत संचालनमा आएको जानकारी गराए । ९५ वर्षीय सेवाग्राही कमलकान्त कोइरालालाई शिविरको टिकट हस्तान्तरण गरी आँखा शिविर उद्घाटन गरिएको थियो । अस्पतालका प्रमुख डा. सुशील कुमार मरासिनीले सो अवसरमा बोल्दै सेवाग्राहीलाई भोलिसम्म चल्ने सो शिविरबाट अधिकतम लाभ लिन आग्रह गरेका छन् ।

हिमालय आँखा अस्पताल पोखराका नेत्र रोग विशेषज्ञ डा अन्जु गुरुङ र प्राविधिक सुभाष नेपालले यस्ता कार्यक्रमलाई अझ बिस्तार गर्दै लगिने र आँखा सम्बन्धी समस्याको न्यूनीकरण गर्दै लगिने बताए । अस्पतालका चिकित्सा तथ्यांक सुपरिवेक्षक बुद्धिसागर अधिकारीले सो शिविरबाट १३२ जना सेवाग्राहीले सेवा लिएको जानकारी गराए । आँखासम्बन्धी समस्या लिएर अस्पतालमा दैनिक सेवा दिन आउनेको संख्या पनि बढ्दो छ ।

Related News

सम्बन्धित समाचार

hero news full width