देशभर चिसो वृद्धि

आदर्श समाज सम्वाददाता
पौष ३, २०७६
IMG_AB03D5-CD32AC-50A33F-5B3292-1939B6-FEE49C

काठमाडौँ, ३ पुस । पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । विहीवार उपत्यकामा वर्षकै न्यून तापक्रम मापन गरिएको छ । बुधबार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस थियो । विहीवार उपत्यकामा यो वर्षकै कम ३ दशमलव ३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

तापक्रम घटेसँगै उपत्यकामा बढी चिसो महसुस गरिएको छ । पश्चिमी वायुको प्रभावले देशभर तापक्रम घट्ने क्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गङ्गा नगरकोटीका अनुसार राति बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुल्ला भए तापक्रम घट्ने हुन्छ । “चिसो अझै बढ्ने क्रममा छ”, मौसमविद् नगरकोटीले भने ।

पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुरलगायतको जिल्लामा हुस्सु÷कुहिरोले जनजीवन प्रभावित भएको छ । चिसोबाट विषेशगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने गरेकाले चिकित्सकले विभिन्न सावधानी अपनाउन आग्रह गरेका छन् ।

त्यस्तै महाशाखाले बिहीबार आगामी २४ घण्टाको चेतावनी तथा परामर्श जारी गदैँ तराईका भू-भागमा हिजो भन्दा विहीवार मौसममा क्रमिक सुधार हुदैँ गए तापनि दिउँसो राम्रोसँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आइ चिसो नै रहने हुँदा त्यसबाट बच्न आग्रह गरेको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १७ दशमलव ९ डिग्री सेल्सियस रहेको छ । त्यस्तै विहीवार सबै भन्दा कम जुम्लाको न्यूनता तापक्रम माइनस ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । सबै भन्दा बढी नेपालगञ्जको न्यूनतम तापक्रम १० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width