पुष्प सदनमा खेलकुद

आदर्श समाज सम्वाददाता
पौष ३, २०७६
maxresdefault

पोखरा, ३ पुस । पुष्पसदन एकेडेमी फूलबारी पोखरामा शैक्षिक वर्ष २०७६ को स्पोट्र्स मिट सम्म्पन्न भएको छ । खेल मंसिर २५–३० गतेसम्म संचालन भएको थियो ।

बालबालिकालाई मानसिक एवम् शारीरिक रूपमा तन्दुरुस्त राख्न पढाइको साथमा खेल पनि आवश्यक हुन्छ भन्ने मान्यता अनुसार खेलकुद महोत्सव आयोजना गरिएको हो। खेलकुद कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा २ सम्मका विद्यार्थीलाई कक्षागत रूपमा र सो भन्दा माथिका विद्यार्र्थीलाई सिनियर र जुनियर गरी दुई तहमा विभाजन गरिएको थियो।

खेलहरू भने अन्तरसदनात्मक रूपमा सन्चालन भएका थिए। जस अन्तर्गत फुटबल,भलिबल, बास्केटबल, टेबल टेनिस , छेलो, दौड, रिले,ब्याडमिन्टन, म्युजिकल चियर जस्ता खेलहरू समावेश गरिएको बताइएको छ । जुनियर र सिनियर दुबै तहका लागि खेलका सङ्ख्या भने ९/९ रहेका थिए। मन्टेस्वरी तहमा संचालन भएका केही खेलहरूमा शैक्षिक पाठ्यक्रममा आधारित विषयवस्तुलाई समेत जोड दिइएको थियो । पाठ्यक्रमका विषयलाई खेलका माध्यमबाट प्रस्तुत गर्न पाउँदा बालबालिका निकै उत्साहित देखिन्थे ।

सबै विद्यार्र्थी सहभागी होऊन भन्ने उद्देश्य राखेर आयोजना गरिएको खेलकुद महोत्सवमा करिब ९५५ विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए। अन्नपूर्ण सदनले प्रथम स्थान र सगरमाथा सदनले द्वितीय स्थान प्राप्त गरेका छन् । खेलकुद कार्यक्रमको औपचारिक समापन गर्दै विद्यालयका प्राचार्य भीम प्रसाद न्यौपानेले विद्यार्थीका निम्ति पढाइ सँगसँगै खेलकुद पनि उत्तिकै आवश्यक रहेकाले सो विषयमा विद्यालयले सधैँ ध्यान दिने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width