सेञ्चुरी ल्होसार मेलामा विभिन्न प्रतियोगिता

आदर्श समाज सम्वाददाता
पौष ३, २०७६
sanchure fastibal_Fotor

सेञ्चुरी ल्होसार मेला तयारीबारे जानकारी दिँदै आयोजक। पौडेल/आदर्श समाज

सेञ्चुरी युवा क्लब, अन्नपूर्ण गाउँपालिका ११ को आयोजनामा हुने सेञ्चुरी ल्होसार मेला–२०७६ तयारी पूरा भएको छ ।

‘संस्कृति, सम्पदाको संरक्षण एवम् पर्यटन वर्ष २०२० को प्रवद्र्घन लागि’ नाराका साथ पुस ५ देखि ९ गतेसम्म हुने १८ औं संस्करणको मेला तयारी पूरा भएको बुधवार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

मेला उद्घाटन गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले तथा समापन संघीय सरकारका युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले गर्ने कार्यक्रम छ ।

मेलाअन्तर्गत पुरुष भलिबल, महिला भलिबल, पुरुष बास्केटबल, पौढ (४० वर्ष माथिको) भलिबल, ठेलो, रस्साकस्सी, घैटो फुटाई, म्यूजिकल चियर, बोरा दौड तथा सामूहिक नृत्य प्रतियोगिता हुनेछन् ।

पुरुष भलिबलतर्फ प्रथम समूहले ८० हजार, दोस्रोले ५० हजार, महिला भलिबलमा प्रथमले ५० हजार र द्वितीयले ३० हजार पाउनेछन् ।

बास्केटबलमा प्रथमले ८०, द्वितीयलले ५० हजार, प्रौढ भलिबलमा पहिलोले २० र द्वितीयले १० हजार रुपैयाँ पुरस्कार पाउने क्लब अध्यक्ष मिकाश गुरुङले जानकारी दिए । ठेलोमा प्रथमले ५ हजार, दोस्रोले ३ हजार, रस्साकस्सीमा पहिलोले १० हजार र दोस्रोले ५ हजार, घैटो फुटाई साथै म्यूजिकल चियरमा समेत पुरस्कार व्यवस्था छ ।

सो अवसरमा क्लबले गुरुङ संस्कृति झल्कने सामूहिक नृत्य प्रतियोगिता पनि राखेको छ । प्रथम समूहले ५० हजार, द्वितीयले ३५ हजार, तृतीयले २० हजार प्राप्त गर्ने छन् भने उत्कृष्ट भेषभुषा तथा नृत्य निर्देशकलाई समान ५ हजार साथमा प्रमाणपत्र पुरस्कार दिइने छ ।

पुरुष/महिला भलिबल गाउँपालिका वडास्तरीय हुनेछ । बास्केटबल भने खुला क्लबस्तरीय हुनेछ । प्रत्येक साँझ ५ बजेदेखि १२ बजेसम्म विभिन्न सांस्कृतिक कार्यक्रम समेत हुनेछ ।

मेलाबीच एबीसी टेलिभिजनबाट प्रसारित ‘इन्द्रेणी’ कार्यक्रम पनि छायांकन गरिँदै छ ।

क्लबले खुला रक्तदान, गाँजा फाड्ने, तथा सरसफाइअन्र्तगत विभिन्न कार्यक्रम पनि वार्षिक रुपमा गर्दै आएको छ।

क्लब अध्यक्ष मिकास गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रम सल्लाहकार दिलीप गुरुङले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width