क्यान्सरपीडित सापकोटाको सहयोगार्थ लायन्स म्यूजिकल नाइट

आदर्श समाज सम्वाददाता
पौष ३, २०७६
Satya Raj Sapkota 2 (1)_Fotor

आगामी शनिबार पोखरामा लायन्स म्युजिकल नाइटको कार्यक्रम हुने भएको छ ।

लायन्स क्लब अफ पोखरा पिस सेन्ट्रल सिटी र पोखरा सेन्ट्रल सिटीले मादी गाउँपालिका–४, सिन्दुरेचौरका क्यान्सर पीडित सत्यराज सापकोटाको उपचारार्थ सहयोगका लागि संयुक्त म्युजिकल नाइट गर्न लागेको हो । पोखराको सभागृह हलमा शनिबार दिउँसो ३ बजेदेखि म्युजिकल नाइट शुरु हुने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कार्यक्रमबाट बचत रकम सापकोटाको उपचारार्थ सहयोग गरिने कार्यक्रम संयोजक महेन्द्र उपाध्यायले बताए । उपाध्यायले भने, ‘कार्यक्रमको प्रवेश शुल्कबाट करिब १५ लाखसम्म उठाउने लक्ष्य रहेको छ । कार्यक्रम गर्न करिब १० लाख खर्च लाग्नेछ । कार्यक्रमबाट ५ लाखसम्म बचत गर्ने लक्ष्य छ ।’ लायन्स क्लब अफ पोखरा पिस सेन्ट्रल सिटीका सह–सचिवसमेत रहेका उपाध्यायले भने, ‘कार्यक्रमबाट त्यति रकम नउठे पोखरामा क्रियाशील लायन्स क्लबहरुसँग समन्वय गरेर क्यान्सर पीडित सापकोटालाई ५ लाख भन्दा बढी सहयोग गरिनेछ ।’

टिकट दर ५ सय र १ हजार रुपैयाँ टिकट दर कायम गरिएको लायन्स क्लब अफ पोखरा पिस सेन्ट्रल सिटीका अध्यक्ष विक्रम गुरुङले बताए । म्युजिकल नाइटमा सुगम संगीतका गायक प्रमोद खरेल, लोकदोहरी गायक पशुपति शर्मा, गायिका सम्झना भण्डारी, पोखरेली गायक विक्रम बराललगायतका कलाकारले गीतहरु प्रस्तुत गनेर्छन् ।

त्यस्तै, मोडल तथा भोजपुरी डान्सर मेनुका माझीले गीतमा नृत्य प्रस्तुत गनेर्छिन् । हास्य कलाकार डोरेस खतिवडाले हास्यब्यंग्य प्रस्तुत गनेर्छन् । क्यान्सर पीडित सापकोटाले हाल भारतको दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् । सापकामेटा ब्लड क्यान्सरको क्रोनिक न्यूटोफिलिक लुकेमेनिया नामक रोगबाट ग्रसित छन् । गत वर्षको पुसमा उनी यस रोगबाट ग्रसित भएको पत्ता लागेको थियो ।

टोनिक न्यूटोफेलिक लुकेमेनिया ब्लड क्यान्सरमध्येको दुर्लभ रोग मानिन्छ । हालसम्म यस रोगबाट ग्रसित विरामी विश्वमै १ सय ५० जना भन्दा बढी नरहेको अनुमान छ ।

ब्लड क्यान्सर पीडित सापकोटाले हाल एक महिनामै १ लाख ३० हजारसम्मको औषधी सेवन गर्नुपरेको पत्रकार सम्मेलनमा जनाइएको छ ।

पीडित सापकोटाका लागि अब एकमात्र उपचारको विकल्प भनेको बोन म्यारो ट्रान्सप्लान्ट रहेको लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटीका अध्यक्ष चेतन कार्कीले बताए ।

औषधि र उपचारले रोगको पूर्ण निदान नहुने र बोन म्यारो ट्रान्सप्लान्टका लागि पनि ५० लाखसम्म लाग्ने बताइएको छ । पीडित सापकोटाले दिल्लीको राजीव गान्धी अस्पतालबाटै हाल केमो चढाइरहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width