पिसजोनमा नमुना मतदान

आदर्श समाज सम्वाददाता
पौष ३, २०७६
pisha zone photo_Fotor

पुसको महिना, धुम्म परेको मौसम, विभिन्न जात जातिका पोसाकमा सजिएका ससाना स्कुले बालबालिका ।

आमनिर्वाचनमा जसरी व्यवस्थापन गरिएको विद्यालयको चौरमा नै बाँसका खम्बा गाडेर डोरी टाँगेर व्यवस्थित रुपमा तयार पारिएको मतदान स्थल, मतदान अधिकृत, एजेन्ट, मत्रपत्र, मतपेटिका, महिला, पुरुष, अपाङ्ग र वृद्ध मतदातालाई छुट्टाछुट्टै लाइनमा राखेर सजिसजाउ गरिएको मतदान स्थल । देख्दा लाग्थ्यो यहाँ साँच्चिकै चुनाव नै हुँदैछ । तर, यो वास्तविक चुनाव नभई विद्यार्थीहरुका लागि गरिएको नमुना मतदानको दृश्य हो ।

बुधबार पोखरा–८, सिमलचौरमा रहेको पिसजोन एकेडेमीमा सामाजिक सप्ताह अन्तर्गत गरिएको नमुना मतदान कार्यक्रम झलक हो यो ।

सामाजिक सिकाइ अन्तर्गत विविध कार्यक्रमलाई प्राथमिकता दिने गरेको विद्यालयले बुधबार नमुना मतदान कार्यक्रमको आयोजना गरेको हो । मतदानमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुले भाग लिएका थिए । चुनावकै झल्को दिने गरी भएको मतदानमा ४ जना उम्मेदवारले स्पर्धा गरेका थिए । प्रतिस्पर्धामा कक्षा १० का छात्रहरु राज रोका, सौजन राना छात्राहरु स्वेता मल्ल र सजनी शर्माले भाग लिएका थिए । मतपरिणाम अनुसार कक्षा १० का छात्र राज रोकाले कुल खसेको मतको झण्डै ५० प्रतिशत मत ल्याई विजयी बन्न सफल भए । उनले १ सय २३ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी स्वेता मल्लले ५५ भोट पाउन सफल भइन् ।

कार्यर्क्रममा सामाजिक शिक्षक चन्दन लिम्बूले मतदान अधिकृतको भूमिका निर्वाह गरेका थिए । विद्यार्थीलाई सामाजिक विषय सैद्धान्तिक रुपमा मात्र अध्यापन नगराई व्यवहारिक रुपमा पढाउने हेतुले नमुना मतदान गरिएको उनले बताए ।

कार्यक्रममा विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले नवनिर्वाचित छात्र राज रोकालाई बधाई दिँदै उनकै अध्यक्षतामा विद्यालयमा हेल्प क्लब गठन हुने घोषणा गरे ।

क्लबको सम्पूर्ण कार्यसमिति नवनिर्वाचित अध्यक्षले नै छनोट गर्न पाउने र यस क्लबले विद्यालयमा अनुशासन, शैक्षिक सहक्रियाकलापका कार्यक्रममा सहभागितादेखि लिएर समग्र विद्यालयको शैक्षिक गतिविधिमा रचनात्मक भूमिका खेल्न पाउने अधिकार प्रत्यायोजन गरिएको विद्यालयका संस्थापक दाहालले जानकारी दिए । अरु विद्यालयहरुभन्दा फरक शैलीमा नमुना रुपमा सञ्चालित यस विद्यालयले शैक्षिक, सामाजिक उत्तरदायित्व बहन, सहक्रियाकलापमा यथेष्ट रुपमा सहभागिता जनाउँदै आएको दाहालले बताए ।

विद्यार्थीलाई किताबी कोरा शिक्षा सैद्धान्तिक रुपमा रटाउनुभन्दा पनि व्यवहारिक रुपमा अनुशासित, स्वावलम्बी र संस्कार सिक्नका लागि पिसजोन एकेडेमीले विविध कार्यक्रमलाई समय सन्दर्भअनुरुप अघि बढाइरहेको दाहालले बताए । यो हप्ता सामाजिक सप्ताहअन्तर्गत शैक्षिक अवलोकन भ्रमण, कल्चरल ड्रेस प्रतियोगितालयातका कार्यक्रमहरु हुने विद्यालयका शिक्षक अमृत घिमिरेले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width