गोल्डेन नेचरले मनायो रजत जयन्ती

आदर्श समाज सम्वाददाता
पौष ३, २०७६
pppppp

पोखरा, ३ पुस । पोखरा–३०, खुदीको ढुङ्गेपाटन स्थित गोल्डेन नेचर बोर्डिङ स्कुलले आफ्नो स्थापनाको २५ वर्षको अवसरमा रजत जयन्ती मनाएको छ ।

विद्यार्थीले कुनै विषय वस्तुलाई चित्रद्वारा अभिव्यक्त गर्न सकुन र उनीहरूको चित्रकोर्ने कलामा थप निखारताका साथै उत्प्रेरणा जगाउने उद्देश्यले रजत जयन्ती वर्ष मनाउनको बताइएको छ । रजत जयन्तीको अवसरमा विद्यालयद्वारा आधारभूत तह कक्षा ६–८ सम्मका विद्यार्थीका लागि खुल्ला चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा विभिन्न विद्यालयका ४० जना विद्यार्थी छात्र–छात्राको सहभागिता रहेको थियो ।

जसमा डायमण्ड मोडेल स्कुलका आयान इकवालले प्रथम स्थान, स्माइल स्मल हेवेनका विमल थापा मगरले द्वितीय स्थान, न्यू लेखनाथ पब्लिककी कृपा सुनारले तृतीय स्थान र डायमण्ड माविकी मयूर शाहीले सान्त्वना स्थान प्राप्त गरेका छन् । उक्त कार्यक्रमको संयोजन विद्यालयका सह–प्राचार्य ठाकुर प्रसाद गौतमले गरेका थिए ।

उत्कृष्ट नजिता ल्याउन सफल विद्यार्थीलाई विद्यालयद्वारा आगामी पौष ९ र १० गते आयोजना गरिने रजत जयन्ती समारोहमा नगद पुरस्कार र प्रमाण–पत्रले पुरस्कृत गरिने विद्यालयका प्रिन्सिपल प्रेमप्रसाद शर्माले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width