फोटो पत्रकार संघमा प्रदीप

आदर्श समाज सम्वाददाता
पौष २, २०७६
80562755_1785826561550646_1757012284036612096_o

पोखरा, २ पुस । नेपाल फोटो पत्रकार संघ कास्कीको मंगलवार सम्पन्न छैटौ अधिवेशनले प्रदीप पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा नारायणप्रसाद आचार्य, सचिवमा दुर्गाप्रसाद पौडेल, सहचिवमा उमेश पुन र कोषाध्यक्षमा सुरेश कुमार श्रेष्ठ (सुरज) लाई सर्वसम्मत रुपमा चयन गरेको छ । सदस्यमा अशेष शाक्य र सञ्जय शाक्य चयन भएका छन् । अधिवेशनले सल्लाहाकारमा निर्वतमान अध्यक्ष इन्द्रप्रसाद पौडेललाई चयन गरेको छ ।

फोटो पत्रकार संघ जनआन्दोलन २०६२÷०६३ को क्रममा अप्ठ्यारो समयमा स्थापना भएको हो । आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट धरपकड भएपछि फोटो पत्रकार संगठित भएका थिए । फोटो पत्रकार संघले जनआन्दोलन पछि आन्दोलनको बृत चित्र, फोटो प्रदर्शनी गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width