जन्मदिनमा खाद्यान्न सामग्री वितरण

आदर्श समाज सम्वाददाता
पौष १, २०७६
manab

पोखरा, १ पुस । लायन मोतिराज तिमिल्सिनाले आफ्नो जन्मदिन पारेर पोखरा–१७ छोरेपाटन स्थित मानब सेवा आश्रममा खाद्यान्न सामाग्री प्रदान गरेका छन् ।

तिमिल्सेनाले फजुल खर्चलाई बचत गरी आश्रममा खाद्य सामाग्री प्रदान गरेका हुन् । उक्त वितरण कार्यक्रमको प्रमुख अतिथि लायन पूर्व डिस्ट्रिक गभर्नर धुर्ब थापा रहेका थिए । उक्त अवसरमा वोल्दै थापाले लायन्स क्लब आपत बिपत परेकालाई सहयोग गर्ने संस्था भएको बताए ।

लायन्स क्लबमा आबद्ध तिमिल्सिनाले जन्म दिनमा गरिने फजुल खर्चलाई बचत गरी एक उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा ब्यक्त गरे । कार्यक्रममा मानब सेवा आश्रमका अभियन्ता राजन सापकोटा एबम् लायन सन्तोष घिमिरेले आफ्ना भनाई राखेका थिए ।

क्लबका अध्यक्ष हरिशरण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत लायन मोतिराज तिमिल्सिनाले गरेका थिए भने संचालन सचिब लायन डोलराज श्रेष्ठले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width