चितवनको सहज जीत

आदर्श समाज सम्वाददाता
पौष १, २०७६
ppl

पोखर , १ पुस । बिदेशी खेलाडी बाबर हायातको अविजित अर्धसतकसँगै चितवन राइनोजले पोखरा पल्टनमाथी सहज जीत निकालेको छ । पोखरा प्रिमियर लिग अन्तर्गत मंगलबार भएको खेलमा चितवनले पोखरालाई ६ विकेटले पराजीत गरेको हो ।

पोखराले दिएको १ सय ८ रनको लक्ष्य चितवनले १४.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । चितवनका लागि हायातले सर्वाधिक ६६ रन जोडे । उनको रन जारी प्रतियोगितामै सबैभन्दा धेरै हो । यसअघि उद्घाटन खेलमा पोखराका कुशल भूर्तेलले काठमाडौं गोल्डेन वारियर्स विरुद्ध ६५ रन जोडेका थिए । ३४ बलको सामना गरेका हायातले ४ छक्का र ६ चौका प्रहार गरे ।

ओपनर अनिल कुमार शाह शून्य रनमै पेभेलियन फर्किएपछि चितवन केही दवावमा थियो । अर्का ओपनर रोहन मुस्ताफा पनि ११ रन मात्रै बनाएर आउट भए । त्यसपछि आएका कप्तान पारस खड्काले ४ रन मात्रै जोडे । आरिफ शेख १ रन बनाएर बाहिरिँदा बाबर र शनी पटेलले पारी सम्हाले । १८ बलमा १ चौका र २ छक्का सहित शनीले अविजित २२ रन बनाए । पोखराका रसिद खान र सर्वोजित लड्डाले समान २/२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ७ रन बनायो । कप्तान शदर भेसावकरले सर्वाधिक ४५ रनको योगदान गरे । ३९ बल सामना गरेका शरदले ३ चौका र ३ छक्का प्रहार गरेका थिए । कुशल मल्लले १३, रशिद खान, आशिफ शेख र रबिइन्दर सिंहले समान १०/१० रन बनाए भने अरुले दोहोरो रन जोड्न सकेनन् । विनोद भण्डारीले ७ रनमा आउट हुँदा ललित राजवंशी ३ रनमा अविजित रहे । चितवनका लागि सन्नी पटेल, भुवन कार्की र रोहन मुस्ताफाले २/२ विकेट लिदा करण केसी, बिक्रम शोब र कप्तान पारस खड्काले १/१ विकेट हात पारे ।

बुधबार दुईवटा खेल हुनेछन् । पहिलो खेलमा काठमाण्डौं गोल्डेन वारियर्स र धनगढी ब्लुजबीच प्रतिश्पर्धा हुनेछ भने दोश्रो खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सको सामना गर्नेछ । काठमाण्डौंले लगातार २ खेल हारेको छ भने धनगढी ब्लुजले एउटा खेल जीतिसकेको छ । पोखराको एकमा हार र एकमा जीत छ । विराटनगरपनि एक खेलमा पराजीत भैसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width