अमलटारीमा मुद्रण व्यवसायीको भेला

आदर्श समाज सम्वाददाता
मंसिर ३०, २०७६
amal tari

नवलपुरको अमलटारी मध्यवर्ती होमस्टे गाउँ बाधखोरको पार्कमा निर्मित बाघ र चित्लको प्रतिमा । तस्वीर -आदर्श समाज

पोखरा, ३० मंसिर । नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशको भेला नवलपुरको अमलटारीमा सम्पन्न भएको छ ।

उक्त भेलाको उद्घाटन पोखरा उद्योग वाणिज्य संघका सदस्य चिन्तामणि वास्तोलाले गरेका थिए । त्यस अवसरमा प्रमुख अतिथि वास्तोलले व्यवसायीहरु मिलेर सामुहिक हितमा लाग्नु पर्नेमा जोड दिए ।
स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद वास्तोलाले अस्वस्थ प्रतिस्पर्धाले व्यवसाय नै धरापमा पर्न सक्ने हुँदा गुणस्तरीय सेवा दिनु पर्ने वताए । अमलटारी होमस्टेका प्रबन्धक धनिराम गुरौले होमस्टेको बारे बताउँदै प्रकृति र संस्कृतिलाई जोडेर पर्यटन विकास गर्न सकिने बताए ।

भेलाले मुद्रण व्यवसाय प्रवद्र्धनका लागि बिभिन्न तालिमको आयोजना गर्ने, जिल्ला शाखाहरु गठन गर्ने लगायतका निर्णयहरु गरेको छ । नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशका संयोजक महेन्द्र बजिमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महासचिव वसन्त वास्तोला, कार्यक्रम संयोजक कोपिला श्रेष्ठ, कोषध्यक्ष विष्णुबहादुर अधिकारी, सदस्य मनोहर दाहाल लगायतले मन्तव्य राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width