सुजल फुड्स ट्रेड युनियनको अधिवेशन

आदर्श समाज सम्वाददाता
मंसिर ३०, २०७६
Sujal Treade Union_Fotor

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट गण्डकी प्रदेश कमिटीसँग आवद्ध घटक समग्र उद्योग ट्रेड युनियन नेपाल सुजल फुड्स प्रतिष्ठानको सातौं अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनलाई सम्वोधन गर्दै प्रमुख अतिथी नेपाल ट्रेड युनियन महासंघ जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र बहादुर खत्रीले योगदानमा आधारित सामाजिक सुरक्षा र श्रम ऐनको बारेमा जानकारी गराए। योगदानमा आधारित सामाजिक सुरक्षामा कम्पनीहरु म्याद सकिए पनि कोषमा सूचिकृत भइ रहेको उनले सुनाए।

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट गण्डकी प्रदेश युवा कमिटी उपाध्यक्ष धिरज गुरुङ्गले ट्रेड युनियनको परिचयका साथै युवाको भुमिका र कर्तब्यको बारेमा प्रष्ट पारेका थिए। समग्र उद्योग ट्रेड युनियन नेपाल केन्द्रिय सदस्य गोमा कार्कीले श्रम क्षेत्रमा श्रमिक महिलाको अवस्था र भुमिकाको बारेमा मन्तब्य राखिन्।

अधिवेशनले आनन्दराज भण्डारीको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिती निवार्चित गरेको छ। जसको उपाध्यक्षमा भुपती धमला, सचिव प्रेम बहादुर भुजेल, सह सचिव रत्ना रानाभाट, कोषाध्यक्ष राम बहादुर कुमाल र सदस्यहरुमा क्रमस सुर्य बहादुर भुजेल, निर्मला भट्टराई, शेर बहादुर कुमाल, .दिपक राज अधिकारी, बृहस्पती धमला, सिता अधिकारी र प्रतिक्षा थापा रहेका छन्। त्यसैगरी सल्लाहकारमा मेघनाथ च्वाई, रामचन्द्र त्रिपाठी र बलराम अधिकारी छन्। कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव प्रेम भुजेलले गरेका थिए। अधिवेशनमा १३७ जना श्रमिकहरुको उपस्थिति रहेको थियो।

अधिवेशन बाट नव निर्वाचित कमिटीलाई समग्र उद्योग ट्रेड युनियन नेपाल गण्डकी प्रदेशका सचिव पदम बहादुर मगरले सपथ ग्रहण गराउदै कार्यकालको सफलताको शुभकामना दिए।

Related News

सम्बन्धित समाचार

hero news full width