पोखरा, २९ मंसिर । पोखरा १६ लामाचौरको गैह्राबारीमा रहेको पोखरा मन्टेश्वरी प्रिस्कुलले शनिबार आयोजना गरेको शिविरमा ४ सय २ जनाले सित्तैमा रगत जाँच गराएका छन् । युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरका सहभागीको मधुमेह र रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको हो ।
मन्टेश्वरीका अध्यक्ष थीरबहादुर थापाले व्यवसायसँगै सामाजिक दायित्व निर्वाह गर्न कार्यक्रम गरिएको बताए । उनले भने, ‘कमसेकम वर्षमा १ सामाजिक काम गरौं भन्ने हो । विद्यार्थी, अभिभावक र यहाँको समाजलाई केही दिनु शिक्षासेवी र नागरिकको कर्तव्य हो ।’ गत वैशाखमा सञ्चालनमा आएको पोखरा मन्टेश्वरीले प्रत्येक विद्यार्थीलाई शिक्षकको विशेष रेखदेखसहित मन्टेश्वरी विधिबाट शिक्षण गरिरहेको उनले बताए ।
पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले राज्यले गर्नुपर्ने खालका कार्यक्रम निजी क्षेत्रका प्रतिष्ठानहरुबाट हुनु खुसीको कुरा भएको बताए । पोखरा १६ का अध्यक्ष जीवन आचार्यले स्वस्थ नागरिकबाट नै सुखी र समृद्ध समाज निर्माणमा ठूलो टेवा पुग्ने बताए ।
कार्यक्रमा सहभागीलाई वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रामचन्द्र काफ्लेले विभिन्न रोगबारे जानकारी दिए । खानपान र जीवनशैलीबारे सजग हुन आग्रह गर्दै उनले समय समयमा स्वास्थ्य जाँच गर्न र रोग लागिसकेको भए विशेषज्ञको सेवा लिन आग्रह गरे ।
युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले युआरएल सामाजिक उत्तरदायित्वसहितको अग्रणी ल्याब भएको बताए । हालसम्म विभिन्न संघ, संस्थासँगको सहकार्यमा भएका ७९ शिविरमा ५८ हजारभन्दा बढीलाई सित्तैमा सेवा प्रदान गरिएको उनले जानकारी दिए ।कार्यक्रममा मन्टेश्वरीका शिक्षा निर्देशक तीर्थ तामाङ, अनिता बस्नेत लगायतले बोलेका थिए । शिविरमा अन्य सबै प्रकारका रक्त परीक्षणमा ५० प्रतिशत छुट दिइएको थियो ।
Related News
सम्बन्धित समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
रोजगार खोज्दै मेलामा
hero news full width
मुख्य समाचार
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
वैशाख १०, २०८१