वस दुर्घटनामा १३ जनाको मृत्यु १८ घाइते

एजेन्सी
मंसिर २९, २०७६
Untitled-design-2019-06-25T184911.192

काठमाण्डौ, २९ मंसिर । दोलखा जिल्लाबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १३ जनाको मृत्यु छ भने १८ जना घाइते छन् ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ मा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा १३ जनाको शव भेटिएको छ । घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचार गर्न पठाइएको छ । घटनामा १८ जना घाइते छन् । उनीहरूलाई उद्धार गरेर धुलीखेल लगायतका अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रहरी निरीक्षक गणेश खनालका अनुसार, कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बस भक्तपुर फर्किंदै गर्दा आइतबार बिहान ८ः१५ बजे दुर्घटना भएको हो । सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बसमा कति यात्रु सवार थिए भन्ने खुलिसकेको छैन । घाइतेको स्थानीय र प्रहरीले उद्धार गरिरहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width